चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १०, २०८०
|
|
२२ पटक हेरिएको
Shares
चितवनमा रवि लामिछानेका समर्थकले गरे नाराबाजी

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक कार्यकर्ताहरुको नाराबाजीका कारण चितवनको क्षेत्र नं.
  • २ को एक मतदान केन्द्रमा तनाब भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक कार्यकर्ताहरुको नाराबाजीका कारण चितवनको क्षेत्र नं. २ को एक मतदान केन्द्रमा तनाब भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडस्थित नयाँकिरण मावि मतदान स्थलमा उपस्थित कार्यकर्ताहरुले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गर्नुपर्दा स्थिति तनावपूर्ण बनेको हो ।

यस क्षेत्रका उम्मेदवारसमेत रहेका पार्टी सभापति लामिछाने मतदानस्थलमा आएलगत्तै उनका समर्थकहरुले लामिछानको पक्षमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले लाठीचार्ज गर्दै स्थिति नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा भागाभाग भएको थियो । तनाब थप नबढोस् भनेर मतदान स्थल बाहिर नेपाली सेनाको टोली खटिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?