३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
३७ पटक हेरिएको
Shares
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !

सारांश

  • काठमाडौँ, ९ जेठ – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नराखिएको भन्दै महिला नेतृहरुले असन्तुष्टि जनाएका छन् ।
  •  कम्युनिष्ट पार्टीका नेतृहरुले ३३ प्रतिशत महिला नभई निर्वाचन आयोगमा कसरी दल दर्ता हुँदो रैछ आफूहरुले हेर्ने समेत बताएका छन् ।
  • केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद विन्दा पाण्डेले ३३ पार्टीभित्रको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नराखिएकाले भन्दै असन्तुष्टि जनाएकी छिन् ।

काठमाडौँ, ९ जेठ – नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नराखिएको भन्दै महिला नेतृहरुले असन्तुष्टि जनाएका छन् । कम्युनिष्ट पार्टीका नेतृहरुले ३३ प्रतिशत महिला नभई निर्वाचन आयोगमा कसरी दल दर्ता हुँदो रैछ आफूहरुले हेर्ने समेत बताएका छन् ।

केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद विन्दा पाण्डेले ३३ पार्टीभित्रको केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नराखिएकाले भन्दै असन्तुष्टि जनाएकी छिन् ।

राजनीतिक दल दर्ता ऐन अनुसार कुनैपनि पार्टीको केन्द्रीय समितिमा एक तिहाई महिलाको संख्या नभएसम्म दल दर्ता हुँदैन । एमाले र माओवादी केन्द्रको पार्टी एकीकरणपछि ४४१ जनाको केन्द्रीय समिति बनाइएको छ । समितिभित्र महिला जम्मा ७६ जना छन् ।

‘नयाँ कानुनअनुसार राजनीतिक दलको केन्द्रीय कमिटीमा महिलाको ३३ प्रतिशत नपुगी निर्वाचन आयोगमा दल दर्ता हुँदैन’ सांसद पाण्डेले भनिन्, ‘आफैले बनाएको कानुन आफै मिच्नु भएन ।ु

कानुन अनुसार नेकपाको केन्द्रीय समितिमा कम्तीमा १ सय ४५ महिला अनिवार्य हुनुपर्ने देखिन्छ । ७६ जना महिलाले मात्रै केन्द्रीय समितिमा स्थान पाउनु कुल सदस्य संख्याको जम्मा १७.२३ प्रतिशत हो।

निर्वाचन आयोगका उपन्यायाधीवक्ता घनश्याम ओझाले पनि कानुन अनुसार दल दर्ता हुन नसक्ने बताए । उनका अनुसार कानुनमा लेखिएको शर्त पालना हुनैपर्छ ।

आयोगमा पार्टी एकीकरणको निवेदन दर्ता भैसकेको छ । तर, दल कानुनी रुपमा दर्ता हुन बाँकी छ । निवेदन दिएको ४५ दिनभित्रमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुनुपर्नेछ । दर्ताका लागि नयाँ पार्टीको विधान, घोषणापत्र, केन्द्रीय समितिको नामावली पेश गर्नुपर्ने हुन्छ ।

केन्द्रीय समितिको नामावलीमा ३३ प्रतिशत महिला हुनुपर्ने अनिवार्य व्यवस्था कानुनमा गरिएको छ । त्यसैले महिलाको संख्या कम भएकाले दल कसरी दर्ता हुँदो रैछ भन्दै महिला नेतृले असन्तुष्टि व्यक्त गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १५ (४) अनुसार दलको सबै तहका समितिमा एकतिहाइ महिला हुनैपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय
खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित गर्न सकिन्छ :अध्यक्ष उपाध्याय
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
यी हुन् प्रदेश २ बाट निर्विरोध राष्ट्रियसभा सदस्य हुने भाग्यमानी सांसद
नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
नेकपा महासचिव विप्लव विरुद्ध पक्राउ पुर्जी जारी
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
कौशीमा कसरी तरकारी खेती गर्ने ? यी हुन् जान्नु पर्ने १० तरिका
Share Documents Online and just how it can be used to benefit the organisation
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
सिंहदरबार र राष्ट्रपति कार्यालयको फोहर उठाउन माग गर्दै सर्वोच्चमा रिट
मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि….
मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि….
राप्रपाको कार्यालय हटाउन महानगरले दियो तीन दिनको म्याद
राप्रपाको कार्यालय हटाउन महानगरले दियो तीन दिनको म्याद
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
शान्ति, सुरक्षा उच्च प्राथमिकतामाः मन्त्री जमकट्टेल
नुवाकोट बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो
नुवाकोट बस दुर्घटनाः मृतकको संख्या ६ पुग्यो