तरुण दल उत्रियो सडकमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
तरुण दल उत्रियो सडकमा

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै आइतबार विरोध प्रदर्शन गरेको छ।
  •   कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको हो।

काठमाडौं। नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको भन्दै आइतबार विरोध प्रदर्शन गरेको छ। 

कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको भन्दै नेपाल तरुण दलले विरोध प्रदर्शन गरेको हो।
 तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना लगायतका भातृ संगठनहरुका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागि थिए। प्रदर्शनमा दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो, नेपाल पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार जस्ता नाराहरु लगाइएका थिए। माउ पार्टी कांग्रेसले लगायता तेस्रो दिन संसद बैठक अवरुद्ध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?