आन्दोलन स्थगित, डाक्टरहरु काममा फर्किए
सारांश
- काठमाडौं ।
- सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकले सरकारको आग्रहमा दुई साताका लागि आन्दोलन स्थगित गरेका छन् ।
- सरकारले आन्दोलनरत चिकित्सकका माग पूरा गराउन दुई साताको समय मागेपछि तत्काललाई सरकारी चिकित्सक संघले आन्दोलन स्थगित गरेको हो ।
काठमाडौं । सरकारी अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सकले सरकारको आग्रहमा दुई साताका लागि आन्दोलन स्थगित गरेका छन् ।
सरकारले आन्दोलनरत चिकित्सकका माग पूरा गराउन दुई साताको समय मागेपछि तत्काललाई सरकारी चिकित्सक संघले आन्दोलन स्थगित गरेको हो ।
सरकारी चिकित्सक सङ्घका अध्यक्ष डा। दीपेन्द्र पाण्डेका अनुसार सरकारले दुई साताभित्र चिकित्सकका माग पूरा गराउन समयसीमा मागेकाले हाललाई आन्दोलन स्थगित गरिएको हो ।
गोदानले आन्दोलन स्थगित गरेपछि सबै सरकारी चिकित्सक काममा फर्केका छन् । हाल सरकारी सेवामा देशभर १४ सय चिकित्सक छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताका अनुसार महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चिकित्सकले आन्दोलन स्थगित गरेको जानकारी दिँदै माग पूरा गर्न मन्त्रालयले गृहकार्य गर्ने बताए ।
सरकारी चिकित्सक संघले सम्पूर्ण चिकित्सकलाई संघ अन्तर्गत राखेर देशभर खटाउनुपर्ने मुख्य माग राखेर आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया