निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
निर्वाचनमा उम्मेद्वारले १४ लाखसम्म खर्च गर्न पाउने प्रस्ताव

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले १४ लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ ।
  • बिहीबार प्रमुख राजनीतिक दलसँगको छलफलमा आयोगले विगतमा भन्दा खर्च सीमा ४ लाख बढाएर प्रस्ताव गरेको हो ।

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले १४ लाख रुपैयाँ खर्च गर्न पाउने प्रस्ताव अघि सारेको छ । बिहीबार प्रमुख राजनीतिक दलसँगको छलफलमा आयोगले विगतमा भन्दा खर्च सीमा ४ लाख बढाएर प्रस्ताव गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रति मतदाता हुने खर्चलाई बजार मूल्यसँग समायोजन र मुद्रास्फितिलाई मूल आधार बनाएर प्रस्तावित निर्वाचन खर्च तय गरिएको स्पष्ट पार्नुभयो । निर्वाचन आयोगले निर्वाचन क्षेत्रको भू–क्षेत्र बढकोले पनि निर्वाचन खर्च केही बढ्न गएको पनि स्मरण गराएको छ । निर्वाचन आयोगले २०७० सालको संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले १० लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको थियो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ अनुसार निर्वाचन आयोगले निर्वाचनमा हुने खर्चको सीमा तोक्न पाउने व्यवस्था छ । आगामी मंसिर १० र २१ गते २ चरणमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । आयोगले प्रदेश सभा र प्रतिनिधि निर्वाचनको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करमा छुटै छुट
करमा छुटै छुट
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
एप्पल वल्र्ड मोबाइलमा पुरानो मोबाइलसँग नयाँमोबाइल साट्ने अफर
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
भोजपुरमा माओवादी केन्द्रका कार्याकर्ताद्वारा एमालेका उम्मेदवार कुटिए
राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू
राप्तीघाटमा झोलुङ्गे पुल निर्माण शुरू
सङ्घीय संसद्को वर्षे अधिवेशन आजदेखि
सङ्घीय संसद्को वर्षे अधिवेशन आजदेखि
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
सुस्त, दुरुस्त, सक्षम र पारदर्शी प्रशासन सरकारको उच्च प्राथमिकतामा
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन प्रस्तुत, प्रधानमन्त्री भन्छन्- सुरक्षा चुनौतीबाट खतरा छैन
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
वर्षभरि नै निरन्तरता दिने गरी बुद्धजयन्तीदेखि कुश्मामा वृक्षारोपण सुरु
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
तुलसीपुरमा विद्युत नियमित गराउन नगर प्रमुख घनश्याम पाण्डेको यस्तो पहल
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित
प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष प्रस्ताव पारित

तपाईंले छुटाउनुभयो कि?