दुर्घटनामा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
५१ पटक हेरिएको
Shares

सारांश

  • कावासोती, ७ असोज  ।
  • नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हँुदा एकको मृत्यु भएको छ ।
  • एक घाइते भएका छन् ।

कावासोती, ७ असोज  ।नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हँुदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् ।शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफँै अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो ।दुर्घटनामा परी घाइते हुनुभएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्सा¨ी घाइते हुनुभएको छ । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

विद्युत् सर्ट हँुदा आगलागी

नवलपरासीको कावासोती नगरपालिका–८ मा आज बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।कावासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो ।आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?