गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १९, २०७९
|
|
३५ पटक हेरिएको
Shares
गोंगबुस्थित विष्णुमती पुलको शिलान्यास

सारांश

  • काठमाडौँ ।
  • टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ ।
  • नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरेका हुन् ।

काठमाडौँ । टोखा नगरपालिकाअन्तर्गत वडा नं ११ र ८ जोड्ने गोंगबु–बानियाँटर पुलको आज शिलान्यास गरिएको छ । नगरप्रमुख प्रकाश अधिकारीले विष्णुमती खोलामा निर्माण हुने पुलको आज जगपूजा गरी शिलान्यास गरेका हुन् ।

नगरपालिकोको बजेटबाट निर्माण हुने सो पुल पुष्पाञ्जलि÷रालुकादेवी निर्माण कम्पनीले करिब रु चार करोडमा बनाउन लागेको र २०८० साल पुसभित्र निर्माण सम्पन्न हुने बताइएको छ ।

सो अवसरमा नगरप्रमुख अधिकारीले टोखावासीको मागबमोजिम व्यस्त सडकखण्डको विष्णुमती खोलामा पुल निर्माण भएपछि सहजरूपमा यातायात सञ्चालन भई जनताले ठूलो राहत पाउने धारणा व्यक्त गरे ।

साविकको गोंगबुसहित टोखा नगरवासीले विश्वास गरेर तीनपटक नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै उहाँले स्रोतसाधन अभावका कारण यसअघि हुन नसकेको काम पूरा सम्पन्न गरी समृद्ध टोखाको पक्षमा दिनरात खटिइरहेको बताए ।

वडा नं ११ का वडाध्यक्ष घनश्याम खड्काले सडक निर्माण, खानेपानी तथा ढल व्यवस्थापनसहित आमजनजीवनसँग जोडिएका योजना तथा कार्यक्रमलाई प्राथमिकता दिने गरेको स्पष्ट गर्दै पुल निर्माणका क्रममा गुणस्तरमा ध्यान दिन स्थानीयसँग अनुरोध गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म
मुस्ताङमा च्याङ्ग्रालाई १७ देखि २२ हजारसम्म
जनताको चेतना अभिवृद्धि गर्ने सञ्चारमाध्यम : उपसभामुख
“रूखमा भाेट हाल्नु” भन्दै अाैषधि  बितरण
“रूखमा भाेट हाल्नु” भन्दै अाैषधि बितरण
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?
माओवादी र प्रचण्डलाई झस्काउने सर्वोच्च अदालतको आदेश के हो?
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
अर्जुन लामा हत्या प्रकरण: अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला असार १२ गते हुने
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
माओवादी केन्द्रको केन्द्रीय समिति विघटन दोहोरो अंक नबढ्ने गरी केन्द्रीय समिति बनाउने निर्णय
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
कर्णाली नदीमा खस्यो यात्रुले खचाखच भरिएको जीप, यात्रुको अवस्था अज्ञात
भारतका राष्ट्रपति राजकीय भ्रमणमा नेपाल आउने
भारतका राष्ट्रपति राजकीय भ्रमणमा नेपाल आउने