पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
५६ पटक हेरिएको
Shares
पोखरेली भन्छन्,“विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”

सारांश

  • कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले मुलुकको उच्च पदमा देख्न पाउने इच्छा प्रकट गरेका छन् ।
  • कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वटा वडा पर्छन् ।
  • यही मङ्सिर १४ गते मुलुकमा एक मात्र प्रतिनिधिसभा सदस्य पदमा भएको उपनिर्वाचनमा निर्वा्चित भएलगत्तै निर्वाचन क्षेत्रका विभिन्न वडाका बासिन्दासमक्ष धन्यवाद प्रदान गर्न पुग्नुभएका उहाँलाई फूमालाले स्वागत गर्दै स्थानीयवासीले उक्त इच्छा प्रकट गरेका हुन् ।

कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वा्चित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले मुलुकको उच्च पदमा देख्न पाउने इच्छा प्रकट गरेका छन् । कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वटा वडा पर्छन् ।
यही मङ्सिर १४ गते मुलुकमा एक मात्र प्रतिनिधिसभा सदस्य पदमा भएको उपनिर्वाचनमा निर्वा्चित भएलगत्तै निर्वाचन क्षेत्रका विभिन्न वडाका बासिन्दासमक्ष धन्यवाद प्रदान गर्न पुग्नुभएका उहाँलाई फूमालाले स्वागत गर्दै स्थानीयवासीले उक्त इच्छा प्रकट गरेका हुन् ।

पोखरा–१७ महतगौँडामा धन्यवाद दिन पुग्नुभएका भट्टराईलाई स्थानीयवासी ९१ वर्षीय चन्द्रकान्त भण्डारीले फूलको गुच्छाले स्वागतसहित आशीर्वाद दिँदै निर्वाचनका अवसरमा गरिएका प्रतिबद्धता पूरा गर्नेतर्पm कटिबद्ध भएर लाग्न सुझाव दिनुभयो ।

मुलुकका ज्येष्ठ नागरिक, महिला एवं समाजका विपन्न वर्गको हितसँगै विकासनिर्माणमा जुटन आग्रह गर्दै उहाँले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता सर्वसुलभरुपमा उपलब्ध गराउन अनुरोध गर्नुभयो ।
स्थानीयवासी ७२ वर्षीया तारा भण्डारीले गहभरि हर्षका आँशु झार्दै सांसद भट्टराईलाई समग्र महिलाको नेतृत्व गरी मुलुकको उच्च पदमा पुग्नका लागि बाटो खुलेको बताउनुभयो । स्वागतका लागि हातमा फूलको माला लिएर लामबद्ध स्थानीय बासिन्दाको बीचबाट निस्केर भट्टराईलाई अङ्कमाल गर्दै उहाँले यस क्षेत्रका जनताको दुःखसुखको सारथि बन्न आग्रह गर्नुभयो ।
मुलुकमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरी इतिहास रचिसकेको वर्तमान अवस्थामा प्रधानमन्त्री बन्ने योग्यता, क्षमता र सम्भावनाका आधार भट्टराईमा देखिएको सो क्षेत्रका जनताको सामूहिक धारणा रहेको पाइएको छ ।

विजययात्रासहित निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धन्यवाद ज्ञापन गर्न घरदैलामा पुग्नुभएका नेता रवीन्द्रप्रसाद अधिकारीकी धर्मपत्नी भट्टराईले रासससँग कुराकानी गर्दै जनताको इच्छा, आकाङ्क्षा एवं सुझाव शिरोधार्य गर्दै आफूले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न कटिबद्ध भएर लाग्ने स्पष्ट पार्नुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानकर्मी स्व अधिकारीले देखेका सपना पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उहाँले मतदाताको प्रगाढ माया र भरोसाको उच्च कदर गर्दै अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

सोही स्थानमा अवस्थित ऐतिहासिक प्राकृतिक पुलको संरक्षण, संवद्र्धन र विकासमा अधिकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै स्थानीयवासीले भट्टराईलाई अधुरा काम सम्पन्न गर्ने जिम्मेवारी बहन गरिदिन अनुरोध गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए ।
ढुङ्गेसाँघु पर्यटनस्थल संरक्षण समितिका अध्यक्ष नरेन्द्र गिरीले प्रदान गरेको ज्ञापनपत्रमा लगभग रु ६४ लाखको लागतमा प्राकृतिक पुलको दृष्यावलोकनका लागि झोलुङ्गेपुल, शौचालयका साथै २४४ सिँढी निर्माण गरिएको र अब आगन्तुक पर्यटकको सुरक्षाका साथै विभिन्न संरचना निर्माणका लागि रु ४६ लाख ६४ हजार आवश्यक पर्ने उल्लेख छ ।

पोखरा १७ विरौटाचोकबाट आज बिहान शुरु भएको विजययात्रामा भट्टराईले मतदातालाई अभिवादन गर्दै छोरेपाटन, हिमालय आँखा अस्पतालचोक, घारीपाटनचोक, रातोपैह्रा, महतगौँडा, लामातरा, दोबिल्लासहित डेमसाइडलगायतका क्षेत्र पुग्नुभएको थियो । पोखरा महानगरका ११ वटा वडालाई समेटिएको निर्वाचन क्षेत्रका सबै वडाका बासिन्दासमक्ष पुगेर धन्यवाद प्रदान गरिने कार्यक्रम तय गरिएको छ । आज पोखरा– ९ बसपार्क्स्थित अव्यवस्थित बसोबास क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन परिचालन कमिटीका संयोजक एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो । (तस्वीर उपलव्घ छ )

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरणमाःतत्कालीन मन्त्रिपरिषद्ले गरेका निर्णय झिकाउन सर्वोच्चको आदेश
स्थानीय तह उपनिर्वाचन : एमाले र माओवादीलाई ‘बोनस’
स्थानीय तह उपनिर्वाचन : एमाले र माओवादीलाई ‘बोनस’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
परीक्षा पास भएका डेढ लाख सेवाग्राहीले पाएनन् ‘स्मार्ट कार्ड’
राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार
राजधानीमा हालसम्म ३२० किमी सडक विस्तार
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
प्रधानमन्त्री दाहाल भन्छन् : भौतिक पूर्वाधार विकासमा गुणात्मक फड्को आवश्यक छ
कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
श्रीमानको लिंग सानो भएपछि श्रीमतीले गरिन् सम्बन्धविच्छेद
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज
छोरा त जन्मियो तर, बुवा को हो भन्नेमा थिइन कन्फ्युज
‘बुढीगण्डकी बचाउन’ नयाँ शक्तिका युवा धर्नामा
‘बुढीगण्डकी बचाउन’ नयाँ शक्तिका युवा धर्नामा
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित
कोरोना भाइरसबाट शनिबार १४३ जनाको मृत्यु, ६८ हजार बढी संक्रमित