जोखिम बस्ती छाडे जग्गा किन्न दुई लाख

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २८, २०७३
|
|
१४४ पटक हेरिएको
Shares

सारांश

  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ ।
  • यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
  • प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जोखिमयुक्त बस्ती छाडेर सुरक्षित स्थानमा घर बनाउने प्रत्येक घरधुरीलाई जग्गा खरिदका लागि दुई लाख रुपियाँ उपलब्ध गराउने तयारी गरेको छ । यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको बैठकले उक्त रकम उपलब्ध गराउनका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय गरेको हो । जोखिमयुक्त बस्तीको पहिचान गर्न प्राधिकरणले गठन गरेको कार्यदलले करिब एक हजार पाँच सय घरधुरीलाई सुरक्षित स्थानमा सार्नका लागि रकम उपलब्ध गराउनुपर्ने सिफारिस गरेको थियो ।  सुरक्षित स्थानमा घर बनाउन चाहनेहरूले जग्गा खरिदका साथै निजी आवास निर्माणका लागि पनि अन्य लाभग्राहीसरह तीन लाख रुपियाँ पनि पाउनेछन् ।

यसैगरी बैठकले भूकम्पका कारण कम प्रभावित भनिएका १७ जिल्लामध्ये सर्वेक्षण सकिएका १४ जिल्लाका १५ हजार ७४३ जनालाई लाभग्राही सूचीमा समावेश गर्ने निर्णय गरेको छ । लाभग्राहीसँग अनुदान सम्झौताका लागि प्राधिकरणका कार्यकारी सदस्य संयोजक रहेको टोलीले मङ्गलबारदेखि जिल्लामा गएर अभिमुखीकरण तालिम दिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले बताए । बैठकले पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि २०७३ लाई संशोधन गर्न कार्यकारी सदस्य हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ ।

समितिले गुनासो विकेन्द्रीकृत गर्नका लागि कार्यविधि संशोधन गर्नेबारे गृहकार्य गरी प्रतिवेदन पेस गर्नेछ ।

(https://teledentistry.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२०२१ विज्ञान र प्रविधिको वर्ष हुने पुटिनको घोषणा
२०२१ विज्ञान र प्रविधिको वर्ष हुने पुटिनको घोषणा
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
लायन्स बुटवल क्षितिजकाे शिविर सम्पन्न
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
बोआओ सम्मेलनमा निमन्त्रणा नेपालले नपाएपछि परराष्ट्रमन्त्री ज्ञवाली सोमबार चीन जाँदै
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
काठमाडौँ उपत्यकामा कोरोना सम्बन्धी लगाइएका सबै प्रतिबन्ध हट्यो
अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !
अमिताभमाथि १५ वर्षे प्रतिबन्ध !
बाढी र पहिरोका कारण यी सडक छन् अवरुद्ध
बाढी र पहिरोका कारण यी सडक छन् अवरुद्ध
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
मुख्यमन्त्री पौडेल : रक्षाबन्धनले हामी सबैलाई एकसूत्रमा बाँध्न अभिप्रेरित गर्छ
नेपाली शान्ति सेनामाथि बलात्कार आरोप
नेपाली शान्ति सेनामाथि बलात्कार आरोप

तपाईंले छुटाउनुभयो कि?