अवैध लागूऔषध सहित ७ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
अवैध लागूऔषध सहित ७ जना पक्राउ

सारांश

  • काठमाडौं ।
  • काठमाडौं, पर्सा र रुपन्देहीबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित टोखा नगरपालिका-६ धापासी बस्ने ३० वर्षीय तिर्थनाथ उपाध्याय, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई लागूऔषध ब्राउनसुगर अन्दाजी १० ग्राम, चरेश अन्दाजी १० ग्राम, चक्कु २ थान तथा लागूऔषध सेवन गर्न प्रयोग हुने बिभिन्न किसिमका सामानहरु सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । काठमाडौं, पर्सा र रुपन्देहीबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित टोखा नगरपालिका-६ धापासी बस्ने ३० वर्षीय तिर्थनाथ उपाध्याय, काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्कीलाई लागूऔषध ब्राउनसुगर अन्दाजी १० ग्राम, चरेश अन्दाजी १० ग्राम, चक्कु २ थान तथा लागूऔषध सेवन गर्न प्रयोग हुने बिभिन्न किसिमका सामानहरु सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा=७७ प ९९०६ र बा.९२ प १८२० नम्बरका स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा राखेको उक्त लागूऔषध तथा ४ लाख ७३ हाजर १ सय नेपाली रुपैयाँ, १ हजार ४ सय भारतीय रुपैयाँ, २० रुपैयाँ अमेरिकी डलर, नेपाल बैंक लिमिटेडको १ लाखको चेक १ थान र डिजिटल क्यामेरा १ थान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, शंकरापुर नगरपालिका-४ धुले बस्ने ४५ वर्षीय तुनुक दोर्जे लामालाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा उक्त लागूऔषध सहित उनलाई फेला पारी पक्राउ गरेको हो ।

पर्सा, पर्टेवा सुगौली गाउँपालिका-४ बस्ने २२ वर्षीय अक्षय दहितलाई लागूऔषध गाँजा करिब ५ केजी सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मिलनचोक, पर्सा र सुरक्षा बेश क्याम्प सोलकपुर, पर्साबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त प्रहरी टोलीले पर्सा बीरगंज महानगरपालिका-३१ सोलकपुरस्थित सडकमा ना.२ ह २४७२ नम्बरको अटो रिक्सा जाँच
गर्ने क्रममा रिक्साको पछाडीपट्टि झोलामा प्लास्टिकले बाँधी लुकाई छिपाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी चालक अक्षयलाई पक्राउ गरेको हो ।

रुपन्देही देवदह नगरपालिका-१ भमराबारी बस्ने २३ वर्षीय रवि कुवर र सोही नगरपालिका-२ राजाबारी बस्ने २३ वर्षीय डम्बरबहादुर थापालाई लागूऔषध ब्राउनसुगर अन्दाजी २ ग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?