देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
सारांश
- काठमाडौं, १६ पुस ।
- नेपाली कांग्रेसभित्र अहिले प्रतिनिधि सभामा चुनाव हारेका नेताहरुलाई राष्ट्रिय सभामा ल्याउनको लागि नेतृत्वले गरको तयारीलाई लिएर तिव्र विवाद उत्पन्न भएको छ ।
- पार्टी सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरुलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेसँगै केही नेताहरुले असन्तुष्टि नै पोखेका छन् ।
काठमाडौं, १६ पुस । नेपाली कांग्रेसभित्र अहिले प्रतिनिधि सभामा चुनाव हारेका नेताहरुलाई राष्ट्रिय सभामा ल्याउनको लागि नेतृत्वले गरको तयारीलाई लिएर तिव्र विवाद उत्पन्न भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले चुनाव हारेका प्रभावशाली तथा शीर्ष नेताहरुलाई राष्ट्रियसभामा ल्याउनको लागि गृहकार्य सुरु गरेसँगै केही नेताहरुले असन्तुष्टि नै पोखेका छन् ।
स्रोतका अनुसार चुनाव हारेका नेताहरु क्रमशः कृष्णप्रसाद सिटौला, डा . रामशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक, एनपी साउद, शेखर कोइराला, चन्द्र भण्डारी, डा. प्रकाशशरण महत, डा . आरजु राणा देउवा, विश्वप्रकाश शर्मा, विमलेन्द्र निधि, महेन्द्र यादव, रामकृष्ण यादव, फर्मुल्ला मन्सुर र दिपकुमार उपाध्यायलाई राष्ट्रिय सभामा लैजानेबारे लविङ भैरहेको छ ।
तर शेखर कोइरालाले यसबारेमा खुलेरै आपत्ति जनाएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले चुनाव हारेकाहरुलाई यसरी राष्ट्रिय सभामा लैजाने तयारी गर्नु नै गलत भएको टिप्पणी गरे । उनले भने, “म त यसको विपक्षमा छु, जहाँसम्म मेरो कुरा आएको छ, यो त म सिधै अस्विकार गर्छु, यो विधि र विधान अनुसार पनि असुहाउँदो कुरा हो ।
प्रतिक्रिया