बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बागलुङ दरमखोलाका दुई जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता

सारांश

  • काठमाडौं।
  • बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ।
  • ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन गरी वितरण गर्ने गरी नेपाल विधुत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरीङ (धौलागिरी सेम) प्रा.
काठमाडौं। बागलुङको गल्कोट क्षेत्रमा निर्माण गरिने साढे ७ मेगावाट क्षमताका दुई वटा जलविधुत आयोजनाको विधुत खरिद विक्री सम्झौता (पिपिए) भएको छ। ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा अवस्थित मध्यदरमखोलाबाट विधुत उत्पादन गरी वितरण गर्ने गरी नेपाल विधुत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इन्जियनियरीङ (धौलागिरी सेम) प्रा.लि. बागलुङविच मंगलवार विधुत खरिद विक्री समबन्धि सम्झौताा (पिपिए) भएको हो । 
धौलागिरी सेम प्रा.लि.द्धारा प्रवद्र्धित मध्य दरमखोला ए साना जलविधुत आयोजना (३ मेगावाट) र मध्य दरमखोला वि साना जलविधुत आयोजना (४.५ मेगावाट) र नेपाल विधुत प्राधिकरण विच विधुत खरिद विक्री सम्झौता भएको नेपाल विधुत प्राधिकरणले जनाएको छ ।  सम्झौता पत्रमा नेपाल विधुत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र धौलागिरी सेम प्रा.लि.का अध्यक्ष हरिनारायण गौतमले हस्त्ताक्षर गरेका छन । 
सम्झौता अनुसार प्रवद्र्धक कम्पनी धौलागिरी सेम प्रा.लि.ले दुवै आयोजनाबाट वि.सं.२०७८ जेठ ३१ सम्ममा विधुत उत्पादन गरी नेपाल विधुत प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ए (३ मेगावाट) को ब्यापारिक विधुत उत्पादन मिति वि.सं.२०७७ चैत ३१ र मध्य दरमखोला वि (४.५ मेगावाट) को विधुत उत्पादन मिति वि.सं.२०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बंैकको ऋण सहयोगमा समपन्न गरिने छ । दुवै आयोजनाको पिपिए टेक अर पे को नीतिमा गरिएको अध्यक्ष गौतमले वताए । 
दुवै आयोजनाबाट उत्पादित विधुतलाई नेपाल विधुत प्राधिकरणले सुख्खा याम (पौषदेखि चैतसम्म) मा प्रति युनिट ८ रुपैयाँ ४० पैसा देखि १० रुपैयाँ ४२ पैसामा खरिद गर्नेछ । बर्षा याम (बैशाखदेखि मंसिरसम्म) मा प्रति युनिट ४ रुपैयाँ ८० पैसादेखि ५ रुपैयाँ ९५ पैसासम्ममा खरिद गर्नेछ । दुवै आयोजनाबाट बार्षिक ४ करोड ४५ लाख १३ हजार २ सय ६९ यूनिट विधुत उत्पादन हुनेछ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रंगेहात पक्राउ परेकी महिलाको प्रहरी हिरासतमा मृत्यु
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
अझै शक्तिशाली बन्ने दाउमा देउवा
अझै शक्तिशाली बन्ने दाउमा देउवा
यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
‘अपराध नियन्त्रणमा तीनै तहको सरकारको समन्वय आवश्यक’
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, चटयाङकाे जाेखिमवाट बच्न अनुराेध
धर्ती नफाटुन्जेल सहिराख : ती दाइ भनाउँदा ब्यक्ति निद्रामै मेरो स्तन अँठयाइरहेका रहेछन
कार्यकारी अधिकृत र इञ्जिनियर ५ लाख घुससहित रंगेहात पक्राउ
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि

तपाईंले छुटाउनुभयो कि?