मासिक ८ अर्बको खसीबोकाको मासु खपत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
मासिक ८ अर्बको खसीबोकाको मासु खपत

सारांश

  • नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ ।
  • उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो ।
  • आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ ।

नेपाली उपभोक्ताले मासिक अर्बौं रुपैयाँबराबरको खसीबोकाको मासु खपत गर्ने गरेको पाइएको छ । उपभोक्ता मूल्यका आधारमा नेपालीले मासिक आठ अर्ब २५ करोड रुपैयाँको खसीबोकाको मासु खपत गर्दै आएको पाइएको हो । आयस्रोत कम भए पनि नेपालीले मासुका लागि अर्बौं रुपैयाँ खर्चिंदै आएको तथ्यांक छ ।नेपालीले खसीबोकाको मासुका लागि मात्रै वार्षिक ९९ अर्ब सात करोड रुपैयाँ खर्च गर्छन् । पशुपन्छी मन्त्रालयका अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन् । यसमध्ये झन्डै चार लाख खसीबोका स्वदेशमै उत्पादन हुन्छन् भने ३० हजार गोटा भारत, अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएको तथ्यांक छ । खसीबोका आयातको ९८ प्रतिशत हिस्सा भारतको छ ।

नेपाली बजारमा स्वदेश र आयातित खसीबोका औसत ३० किलोका भित्रिने गर्छन् । ३० किलोको खसीबोकाबाट २४ किलो तयारी मासु बन्छ । एक किलो खसीबोकाको मासुको उपभोक्ता मूल्य औसत आठ सय रुपैयाँ पर्छ । यसमा दसैंलगायत चाडपर्वको खपतलाई जोडिएको छैन । दसैंका बेला सामान्यभन्दा झन्डै आठ दोब्बर बढी मासु खपत हुने पाइएको छ । दसैंको समयमा हुने कारोबारलाई जोड्दा वार्षिक करिब डेढ खर्ब मूल्यको खसीबोकाको मासु खपत हुँदै आएको छ ।

चौपाया खरिदबिक्री सेवा संघका अनुसार बढ्दो सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा खसीबोकाको मासु खाने प्रवृत्ति बढेको छ । आम उपभोक्ता अहिले मासुका विभिन्न परिकारको स्वादमा रमाउन थालेका छन् । साना रेस्टुराँदेखि पाँचतारे होटेलसम्म खसीबोकाको मासुका विभिन्न परिकार मेनुमा पस्किन थालेपछि उपभोग दर बढेको हो । ‘मासुबाट बनाइने विभिन्न परिकारको खपत बढ्दै गएको हो,’संघका अध्यक्ष गोविन्द पाठकले भने ।

अहिले झन्डै मासुबाट बनेका दुई दर्जन परिकार बन्ने गरेका छन् । पाठकका अनुसार खसीबोकाको मासुबाट साँधेको कलेजो, साँधेको टाउको, ह्याकुलाको छोइला, भुटेको फोक्सो, सादा कबाफ, सिंक कबाफ, भरेको फोक्सो, मटन चप्स, मटन बल, रोगन जोस, मुस्लिम कबाफ, सुक्खा मासु, प्याजी मासु, हाँडी कबाफ, सेकुवा, मटन बिर्यानी, भुटन, तास, लेदो मासु र किमाजस्ता परिकारका कारण उपभोग दर बढ्दै गएको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता
उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
ओलीले भने- धाँधली हुँदैन भन्ने विश्वासको वातावरण बनाउनुपर्छ/
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
जसपाद्वारा उपराष्ट्रपति यादवको राजीनामा स्वीकृत
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका थापा नियुक्त
अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ
अपहरणका मुख्य योजनाकार पत्रकार पुजन पक्राउ
Access from anywhere, anytime!
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
Update : २५६ स्थानीय तहको नतिजा सार्वजनिक : कुन पार्टीको कति ? (नामावलीसहित)
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर
तेस्रो ओएस नेपाल म्यूजिक अवार्डको नोमिनेसनमा परेका श्रष्टालाई प्रमाणपत्र वितरण, ट्याक्सीमाण्डु ट्राभल पार्टनर