देउवाविरुद्ध सानेपामा पौडेल समूहको बैठक, निर्णय सच्याउन पत्राचार गरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
देउवाविरुद्ध सानेपामा पौडेल समूहको बैठक, निर्णय सच्याउन पत्राचार गरिने

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेताबीच द्वन्द्व चर्किएको छ ।
  • पौडेल समूहले आज सभापति देउवाविरुद्ध बैठक नै डाकेर गलत निर्णय नसच्याए संघर्षमा उत्रिने कडा चेतावनी दिएको छ ।

काठमाडौं, २८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र फेरी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेताबीच द्वन्द्व चर्किएको छ । पौडेल समूहले आज सभापति देउवाविरुद्ध बैठक नै डाकेर गलत निर्णय नसच्याए संघर्षमा उत्रिने कडा चेतावनी दिएको छ । पौडेल समूहका नेता डा. चन्द्र भण्डारीले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार सभापति देउवाले विधानविपरित आफ्ना पक्षका नेतालाई जिल्ला सभापति बनाएकाले आज पौडेल समूहको बैठक बसेको हो ।

उक्त बैठकमा देउवाको निर्णय गलत भएको भन्दै त्यो निर्णय नसच्याएसम्म सशक्त संघर्षमा उत्रिनेसमेत निर्णय भएको उनले जनाए । देउवाले विष्णु पौडेललाई विधानविपरित नवलपरासी जिल्लाको सभापतिमा मनोनयन गरेपछि पौडेल समूह रुष्ट बनेको हो । त्यसकै विरोधमा महामन्त्री डा. सशांक कोइरालाको आह्वानमा आज पौडेल समुहको बैठक पार्टी मुख्यालय सानेपामा बसेको थियो ।

भण्डारीले आजको बैठकले पार्टीको विधानअनुसार सभापति देउवाले केही दिनअघि पदमुक्त गरेको नेता अर्जुन पोखरेललाई नै पुनर्स्थापित गर्न माग गरेको सुनाए । उनकाअनुसार आजको बैठकले पोखरेलको पुनस्र्थापनाका लागि महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई लिखित पत्रसमेत पठाउने निर्णय गरेको छ ।

(https://ctlsites.uga.edu/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?