बहुचर्चित भरतपुर महानगरमा कस कसले उम्मेदवारी दर्ता गराए ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ११, २०७९
|
|
२६ पटक हेरिएको
Shares
बहुचर्चित भरतपुर महानगरमा कस कसले उम्मेदवारी दर्ता गराए ?

सारांश

  • चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन् ।
  • उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन् ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराएको बताउनुभयो ।

चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा सात जनाले मनोनयन दर्ता गराएका छन् । उनीहरूमध्ये तीन जनाले राजनीतिक दल र चार जनाले स्वतन्त्रतर्फबाट मनोनयन दर्ता गराएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रमुख पदमा नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुवाल, राष्ट्रिय जनमुक्ति पार्टीबाट ज्ञानबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाइजेसनबाट टेकबहादुर पुनले मनोनयन दर्ता गराएको बताउनुभयो ।

स्वतन्त्रतर्फबाट रुद्रप्रसाद सापकोटा, मोहित पाण्डे, यमकान्त शर्मा कँडेल र रामकृष्ण ओझाले पनि मनोनयन दर्ता गराएका हुन् । पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहाल, नेकपा एमालेका विजय सुवेदीलगायतले भने मनोनयन दर्ता गराउन बाँकी नै छ । मनोनयन दर्ताको समय सोमबार बेलुकी ५ बजेसम्म छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?