सेयर बजारमा कारोबारको रकम बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
सेयर बजारमा कारोबारको रकम बढ्यो

सारांश

  • काठमाडौँ ।
  • सेयरबजार लगातार ओरालो लागेको छ ।
  • साताको पहिलो दिनबाटै ओरालो लागेको सेयर बजार विहिबार सम्म आइप’ग्दा स’धारको संकेत देखिएन ।

काठमाडौँ । सेयरबजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिनबाटै ओरालो लागेको सेयर बजार विहिबार सम्म आइप’ग्दा स’धारको संकेत देखिएन । बिहिबारको कारोबारमा पनि सामान्य गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव १३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३७ दशमलव ७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ५४ अङ्कले ओरालो लागेर तीन सय ७६ दशमलव ८४ मा सीमित भएको छ ।

कूल दुई सय २७ कम्पनीको ३४ लाख एक हजार छ सय ९२ कित्ता शेयर रु एक अर्ब चार करोड ४३ लाख ७९ हजार छ सय मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूह मध्ये आज सात उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने छ उपसमूहको शेयर मूल्य उकालो लागेको छ ।

नेप्सेका अनुसार बैंकिङ चार दशमलव शून्य छ, व्यापार १७ दशमलव ५९, उत्पादन १३, अन्य १८ दशमलव ८५, लघुवित्त एक दशमलव ५५, जीवन बीमा २४ दशमलव ८२, नागरिक लगानी कोष शून्य दशमलव १३ अङ्कले ओरालो लागेको छ ।

यस्तै होटल तथा पर्यटन १० दशमलव ९७, विकास बैंक ३७ दशमलव १३, जलविद्युत् १३ दशमलव ७८, वित्त २२ दशमलव दुई र निर्जीवन बीमा एक दशमलव ७१ र लगानी शून्य दशमलव शून्य दुई अङ्कले उकालो लागेको छ । नेप्सेका अनुसार बिहिबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ७९ अर्ब ४८ करोड ५७ लाख ६५ हजार पाँच सय एक बराबर रहेको छ । नेप्सेका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु १३ करोड १० लाख ४५ हजार तीन सय ६५ बराबरको कारोबार भयो । रिडी पावर कम्पनी रु चार करोड ४४ लाख ८१ हजार चार सय १९, नबिल बैंक रु तीन करोड ३५ लाख पाँच हजार छ सय ७८, प्राइम बैंक रु दुई करोड ९३ लाख १० हजार सात सय ५४ र एशियन लाइफ इन्स्योरेन्स रु दुई करोड ७८ लाख ८४ हजार नौ सय ९४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार ग्लोबल आइएमई लघुवित्त चार दशमलव ४९, मल्टीप्रपोज फाइनान्स कम्पनी चार दशमलव शुन्य नौ, ग्लोबल आइएमई बैंकको ऋणपत्र तीन दशमलव ९७, छ्याङदी हाइड्रोपावर तीन दशमलव ९० र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव ७० प्रतिशतले कमाएका छन् ।

यस्तै,सामुदायिक लघुवित्त छ दशमलव ४९, अप्पर हेवाखोला पाँच दशमलव ५६, प्राइम बैंकको ऋणपत्र चार दशमलव ६०, एनएमबी हाइब्रिड फण्ड एक तीन दशमलव ६१ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले दुई दशमलव ७५ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?