देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
४७ पटक हेरिएको
Shares
देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !

सारांश

  • जेठ, २१ काठमाडाै ।
  •   अाइतवार बसेको मन्त्रिपरिषदको औपचारिक निर्णय बाहिर आए पनि बैठकका क्रममा भएका अन्य छलफलहरु गोप्य राख्ने प्रयास गरिएको पाइएको छ ।
  • मन्त्रीपरिषद बैठकका क्रममा अबका दिनमा सरकारले के कस्ता काम कारबाही गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको थियो ।

जेठ, २१ काठमाडाै ।  अाइतवार बसेको मन्त्रिपरिषदको औपचारिक निर्णय बाहिर आए पनि बैठकका क्रममा भएका अन्य छलफलहरु गोप्य राख्ने प्रयास गरिएको पाइएको छ ।

मन्त्रीपरिषद बैठकका क्रममा अबका दिनमा सरकारले के कस्ता काम कारबाही गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको थियो । छलफलका क्रममा देशका विभिन्न क्षेत्रमा हुँदै आएका सिन्डिकेट अन्त्य गर्ने कुरालाई प्राथमिकता दिइएको थियो ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई अझै कमजोर बनाउनका लागि विभिन्न रणनीति अपनाउने विषयमा पनि छलफल भएको स्राेतले बताएकाे छ ।

विभिन्न अस्त्र प्रयोग गर्दै कांग्रेसका नेताहरुलाई समस्या पार्ने र गलत प्रवृत्तिको भण्डाफोर गर्ने रणनीतिका विषयमा मन्त्रीहरुबीच छलफल भएको उक्त स्राेतले जानकारी दियाे। सम्भव भएसम्म विभिन्न बहानामा कांग्रेसका नेताहरुलाई जेल हाल्नेसम्मका रणनीति तयार पार्न लागिएको बुझिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त तत्काल नियुक्त गरेर भ्रष्टाचारको अभियोगमा विभिन्न नेताहरुलाई मुद्दा चलाउने सरकारको तयारी छ ।

सबै भ्रष्टहरुलाई कारबाही गर्ने सरकारको नीति भए पनि विगतमा सरकारमा रहँदा भ्रष्टाचार गरेका कांग्रेसका नेताहरुलाई पहिलो प्रहार गर्ने सरकारको रणनीति छ ।

बैठकमा यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण निर्णय र नियुक्ति बदर गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Bhakta Bdr Sodari

    Galat

      Comment Author

      Ganga Lama

      100% right..

    Comment Author

    Tilak Khatri

    निर्वाचन पनि?

    Comment Author

    Sailendra Bista

    good

    Comment Author

    Chandra Joshi

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?