देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १९, २०७९
|
|
२१ पटक हेरिएको
Shares
देउवा पत्नी राणाले मागिन हेलिकप्टर चढ्न सक्नेलाई भोट

सारांश

  • डडेल्धुरा ।
  • प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा फेरी चर्चामा आएकी छन ।
  • गृह जिल्ल्ला डडेलधुराका विभिन्न चुनावी सभामा सम्बोधन गर्ने क्रममा राणा चर्चामा आएकी हुन ।

डडेल्धुरा । प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवा फेरी चर्चामा आएकी छन । गृह जिल्ल्ला डडेलधुराका विभिन्न चुनावी सभामा सम्बोधन गर्ने क्रममा राणा चर्चामा आएकी हुन ।
शुक्रबार गृहपालिका गन्यापधुरा गाउँपालिकाको सभालाई सम्बोधन गर्दा डाक्टर आरजु राणा देउवाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) व्यक्तिलाई जिताउन आग्रह गरेकी छिन्।

जनतालाई आकर्षित पार्न खोज्दा राणा आफै आलोचित बनेकी छन । जनतालाई हेलिकप्टर चढने नेता चाहिएको होइन जनताका सुखदुखमा साथ दिने नेता खोजेका बेला राणाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने (प्रधानमन्त्री देउवा) लाई जिताउन आग्रह गर्दा उनी आलोचित बनेकी हुन ।
राण बेलाबेलामा आलोचित र चर्चामा आउने गर्दछिन । केही समयअघि सम्पन्न स्थानीय तहको निर्वाचका बेला डडेल्धुरामा आयोजना भएको एक कार्यक्रममा उनले कांग्रेसले नजितेको स्थानमा बजेट नपठाउने अभिव्यक्ति दिएकी थिइन्।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकामा उनले वैदेशिक रोजगारीका लागि मलेशिया पठाउने लोप दिँदा पनि उनी चर्चामा आएकी थिइन्।

यसैगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन्। उनले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन्।

‘यो गाउँ–ठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने संविधानको रक्षा गर्ने, यो देशमा शान्ति हुने र समृद्धि हुने’ उनले भनेकी छिन्’ ‘जसरी आज हामी हेलिकोप्टरमा आयौं। आजभन्दा १०–१५ वर्ष अगाडि यहाँ हेलिकोप्टरमा उडेर आउनसक्ने क्षमता बनाउनसक्ने मान्छेलाई छान्नुस। नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवा जिलाई जितानुस्।’

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Thng dang k’y binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

    Comment Author

    binance registrācija

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

    Comment Author

    Enregistrement à Binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?