दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध
सारांश
- भोजपुर, ११ माघ, भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् ।
- सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
- चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताउनुभयो ।
भोजपुर, ११ माघ, भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् ।
सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताउनुभयो ।
एक कार्यक्रमको आयोजना गरी दुवै वडालाई सहकारीयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कालीबहादुर खतिवडाले जानकारी दिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया