देउवा पौडेल लडाई, वार कि पारतर्फ

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २१, २०७७
|
|
३३ पटक हेरिएको
Shares
देउवा पौडेल लडाई, वार कि पारतर्फ

सारांश

  • नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको टकराव बढ्दै गएको छ ।
  • पार्टीको महाधिवेशन यसै वर्ष हुनेमा अन्यौल बढिरहँदा विभागहरुमा नियुक्तिको विषयमा विवाद चर्केको छ ।
  • पार्टीको विभाग गठन महाधिवेशनलाई लक्षित गरी गर्न थालेपछि पौडेल असन्तुष्ट बनेका हुन् ।

नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको टकराव बढ्दै गएको छ । पार्टीको महाधिवेशन यसै वर्ष हुनेमा अन्यौल बढिरहँदा विभागहरुमा नियुक्तिको विषयमा विवाद चर्केको छ ।

पार्टीको विभाग गठन महाधिवेशनलाई लक्षित गरी गर्न थालेपछि पौडेल असन्तुष्ट बनेका हुन् । पदको लालच देखाउँदै देउवाले आफ्ना मान्छे तान्न थालेपछि पौडेलले कडा चेतावनी समेत दिएका छन् । उनले आफ्नो समुहको भेला राखी भावी रणनीतिबारे छलफल गरेका छन् ।

महाधिवेशन यसै वर्ष हुनुपर्नेमा पौडेल समुहको जोड रहेको छ । देउवा पक्षले भने कोरोना भाइरसको संक्रमणलाई देखाउँदै २०७८ सालमा मात्र गर्ने योजना बनाएको छ । यसलाई लिएर पौडेल पक्ष असन्तुष्ट भइरहेको छ ।

काँग्रेसभित्र आगामी महाधिवेशनका लागि देउवा र पौडेल समुहको आ आफ्नो तयारी छ । देउवाले पौडेल निकटहरुलाई धमाधम आफ्नो पक्षमा पार्दै लगेका छन् । पौडेलले पनि देउवा समुहका हस्तीहरुलाई नै साथमा ल्याउन आन्तरिक खेल खेलिरहेका छन् । दुवै वार कि पारको लडाईंमा लागेका छन् ।

काँग्रेसभित्र देउवाविरुद्धको समुह एकतावद्ध हुने प्रयासमा छ । तर, पौडेल समुहमा सभापतिका आधा दर्जन आकांक्षी देखिएका छन् । यसले झन् समस्या ल्याएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्कर गोरेद्वारा कारागारभित्रै आत्महत्याको प्रयास
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
निकिता म्याडम ! बधाई त खाइयो तर नियुक्तीपत्रचाहीँ खै ?
जुम्लामा बाम गठबन्धनलाई पछयाउँदै कांग्रेस
जुम्लामा बाम गठबन्धनलाई पछयाउँदै कांग्रेस
गोली प्रहारबाट मृत्यु
गोली प्रहारबाट मृत्यु
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
संसदको भूमिका प्रभावकारी बन्न सरकार पनि उत्तरदायी हुनुपर्छः सभामुख घिमिरे
कतारबाट महिलालाई अश्लिल म्यासेज लेख्ने पक्राउ, थिए इन्टरपोलको खोजीमा
कतारबाट महिलालाई अश्लिल म्यासेज लेख्ने पक्राउ, थिए इन्टरपोलको खोजीमा
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
धुर्मुसले गरे अर्को मनछुने काम : ६ महिनादेखि थलिएकी रत्नेदेवीलाई अस्पताल पुर्याए
अब खाेला तर्दा कर तिर्नुपर्ने !
अब खाेला तर्दा कर तिर्नुपर्ने !
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
जित सुनिश्चित जस्तै भएपछि बाबुराम भट्टराई गोरखा पुग्दै
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर
भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण, भत्काएपछि भेटियो नयाँ तीन गजुर

तपाईंले छुटाउनुभयो कि?