देउवा सरकारको निर्णयः पत्नी आरजु र पुत्र जयबीरसिंहलाई समेत अंगरक्षक ,राष्ट्रिय धुकुटिको दोहन !
सारांश
- काठमाण्डौं, ९ साउन, गोबिन्द केसीको अनसनको त्यान्द्रो समाएर सरकार अधिनायकबाद भएको आरोपमा आन्दोलनमा उत्रेको कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा सरकार छोड्ने बेलामा तानाशाह जसरी आफ्नो परिवारका लागि राज्यकोषको चरम दुरुपयोग गरेको प्रमाण फेला परेको छ ।
- आज प्रकाशित जनआस्था साप्ताहिकले देउवाले गरेको राज्यकोषको चरम दोहनको सप्रमाण समाचार प्रकाशित गर्दै लेखेको छ, आफ्नै पत्नीलाई समेत अंगरक्षक ।
- समाचारमा उल्लेख भएअनुसार, संसदमा बाम गठबन्धनले बहुमत दाबी गरेपछि राष्ट्रपतिले केपी ओलीलाई शपथ खुवाउनु ११ दिनअघि मात्रै देउवाले आफ्ना लागि ठूलो सुरक्षा डफ्फाको प्रबन्ध गराएका हुन् ।
काठमाण्डौं, ९ साउन, गोबिन्द केसीको अनसनको त्यान्द्रो समाएर सरकार अधिनायकबाद भएको आरोपमा आन्दोलनमा उत्रेको कांग्रेस र त्यसका सभापति शेरबहादुर देउवा सरकार छोड्ने बेलामा तानाशाह जसरी आफ्नो परिवारका लागि राज्यकोषको चरम दुरुपयोग गरेको प्रमाण फेला परेको छ । आज प्रकाशित जनआस्था साप्ताहिकले देउवाले गरेको राज्यकोषको चरम दोहनको सप्रमाण समाचार प्रकाशित गर्दै लेखेको छ, आफ्नै पत्नीलाई समेत अंगरक्षक । समाचारमा उल्लेख भएअनुसार, संसदमा बाम गठबन्धनले बहुमत दाबी गरेपछि राष्ट्रपतिले केपी ओलीलाई शपथ खुवाउनु ११ दिनअघि मात्रै देउवाले आफ्ना लागि ठूलो सुरक्षा डफ्फाको प्रबन्ध गराएका हुन् । लाजमर्दो कुरा त के छ भने उनी आफू त पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षा सेवाबाट लाभान्वित हुन पाउने नै भए । तर, कुनै औपचारिक ओहोदाबिना, खतरा र सुरक्षित राख्नुपर्ने खास तार्किक कारण नै नभई पत्नी र छोराका लागि समेत सुरक्षाकमी परिचालन गराएका छन् ।
गृहमन्त्रालयले २०७४ माघ २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशिष्ट व्यक्तिको सुरक्षा व्यबस्थापन सम्बन्धमा शीर्षक अन्तर्गत पठाएको प्रस्तावबाट आफ्ना लागि सुरक्षा व्यबस्था मिलाएका हुन् । सो निर्णयको पाँचौ नम्बरमा उल्लेख छ, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको सुरक्षाका लागि वर्तमान कार्यकाल समाप्तिपश्चात् ४० जना(नेपाल प्रहरीबाट नायब उपरीक्षकको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बलबाट निरीक्षकसमेत २५ जना) को जनशक्ति सुरक्षाकर्मी उपलब्ध गराउने । साथै, सोही तैनाथी संख्याबाट उहाँकी धर्मपत्नी पूर्व सांसद डा. आरजु राणा र छोरा जयबीरसिंह देउवालाई पनि व्यक्तिगत सुरक्षा उपलब्ध गराउने ।
ससँगै तीनै जनालाई प्रहरीबाट अलग अलग सवारीचालक लाने कामसमेत भएको छ । नेपालको इतिहासमा आजका मितिसम्म यसरी कसैले पनि पद र शक्तिको दुरुपयोगमार्फत् पत्नी र पुत्रको निम्तिसमेत हतियारधारी सरकारी कर्मचारी खटाउने निर्णय गरेको पाइन्न । यस मामिलामा व्यक्तिगत स्वार्थका निम्ति दरबारलाई दुईचोटी प्रजातन्त्र बुझाएको भनी आरोपित देउवा दुर्लभ अपवाद मानिन्छन् । मन्त्रिपरिषदको त्यै बैठकबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रहरीको एक जना असई दर्जाका अधिकृतसहित तीन प्रहरीको सुरक्षा अनुमोदित भएको थियो ।
सबाहे देउवा सरकारले म्यानपावर व्यबसायी तथा तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुंग, दांगका नेता दीपक गिरी, तनहुँका सांसद तथा तत्कालीन वनमन्त्री शंकर भण्डारी, पतञ्जली नेपालका प्रतिनिधि शालिग्राम सिंह र केही वकिललाई पनि बिनातर्क सुरक्षाकर्मी उपलब्ध गराएको छ ।

Alok Basnet
Bas bas surachya ma ramro kam garako bhayapo
Bigyan Bastakoti
Congress dasa lagako xa sara la khattam parara xadna bho.
Phul Garbuja Pun
हैत,
कुरा सुन्दा पनी लाज मर्दो, स्वास्नी र छोराको लागी पनी अंसरक्षक?
आफ्नो private expence बाट ठिक छ, तर राज्यको ढुकुटी बाट अतिनै भयो।
कंग्रेसमा सेर बहादुर देउवालाई राम्रो सल्लाहा दिने छैनन्। यस्ता नजायज कुराहरुले कंग्रेसलाई अबस्य असर पार्छ।
Anuja Angbuhang
gunda