महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २४, २०७९
|
|
२४ पटक हेरिएको
Shares
महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने

सारांश

  • ललितपुरको महालक्ष्मी वडा नम्बर ७ मा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २७ वर्षका सुजित बस्नेतलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।
  • २७ वर्षीय बस्नेत नगरपालिकाकै सबैभन्दा कम उमेरका वडाध्यक्षका उम्मेदवार हुन् ।
  • बस्नेत एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका ललितपुर जिल्ला कोषाध्यक्ष तथा महालक्ष्मी नगर कमिटीका अध्यक्ष पनि हुन् ।

ललितपुरको महालक्ष्मी वडा नम्बर ७ मा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले २७ वर्षका सुजित बस्नेतलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । २७ वर्षीय बस्नेत नगरपालिकाकै सबैभन्दा कम उमेरका वडाध्यक्षका उम्मेदवार हुन् ।

बस्नेत एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका ललितपुर जिल्ला कोषाध्यक्ष तथा महालक्ष्मी नगर कमिटीका अध्यक्ष पनि हुन् । चाङ्थाथली टोल विकासलगायतका विभिन्न संघ संस्थामा रहेर बस्नेतले विभिन्न सामाजिक अभियान पनि सञ्चालन गर्दै आइरहेका छन् ।

युवा अवस्थामा नै महालक्ष्मीमा राजनीतिकरुपमा स्थापित भइसकेका बस्नेत स्थानीयबीच लोकप्रिय छन् । उनले राजनीतिलाई पेसाभन्दा समाजसेवाको माध्यम बनाउने बताउँदै आएका छन् ।

आसन्न निर्वाचनका लागि बस्नेतले आफ्नो अलग्गै घोषणापत्र तयार गर्दैै ७ नंवर वडालाई दीगो विकास र समुन्नत उन्नतीको शिखरमा लैजाने खाका तयार पारेका छन् ।

उनको घोषणापत्रमा भौतिक निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र सर्वसुलभ सेवामा वडालाई महालक्ष्मी नगरपालिकाको मात्रै होइन, काठमाडौँ उपत्यकाकै उत्कृष्ट बनाउने दावी गरिएको छ । वडाध्यक्षमा आफु विजयी भए वडालाई कसरी सञ्चालन गर्नु पर्छ भन्ने उद्धाहरण ५ वर्षभित्रमा पेश गर्ने बस्नेतको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?