देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३५ पटक हेरिएको
Shares
देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज, चिकित्सा विधेयक फिर्ता हुने

सारांश

  • काठमाडौं २१ असार – अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।
  • यो निर्णयसँगै भएका राजनीतिक नियुक्ति जति सबै खारेज हुनेछन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भएपछि गरिएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको हो ।

काठमाडौं २१ असार – अघिल्लो शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ भदौ १४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै भएका राजनीतिक नियुक्ति जति सबै खारेज हुनेछन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगबाट आचारसंहिता जारी भएपछि गरिएका सबै नियुक्ति खारेज गर्ने निर्णय गरेको हो । निर्वाचन आचार संहिता २०७४ भदौ २४ देखि शुरु भएको थियो ।

केपी ओली नेतृत्वको सरकार गठन हुनु अघि भएका विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
ओली नेतृत्वको सरकार २०७४ फागुन ३ गते गठन भएको थियो ।

यसैगरी बैठकले प्रतिनिधिसभामामा विचाराधीन राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिई पुनः पेश गर्ने निर्णय गरेको छ । चीनसँगको व्यापार तथा पारवहन सम्झौताको ‘प्रोटोकल’सम्बन्धी वार्ता र हस्ताक्षरका लागि अख्तियारीसहित नौ सदस्यीय समिति गठन गरेको छ ।

बैठकले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेश सरकारका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने र सम्बन्धित निकायमा अभिलेख राख्ने व्यवस्था गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश नं २ का आन्तरिक मामिला तथा योजना राज्यमन्त्रीलाई अन्तर्राष्ट्रिय नेतृत्वसम्बन्धी एक कार्यक्रममा सहभागिताका लागि संयुक्त राज्य अमेरिकाको भ्रमणको स्वीकृति दिएको छ । बैठकले कारागार नियमावली २०२० को दफा ३ लाई संशोधन गरी थुनुवामा रहेका र बालबच्चाहरुलाई राशन र आर्थिक सुविधा वृद्धि गर्ने निर्णय गरेको छ ।

बैठकले अर्थ मन्त्रालय र सञ्चार मन्त्रालयको संघ (केन्द्र) मा रहने निकायको संगठन र दरबन्दी स्वीकृत गरेको छ भने निक्षेप सुरक्षाको सीमा वृद्धि गरेको मन्त्री बास्कोटाले बताए ।

बैठकले सैनिक सेवा (पहिलो संशोधन) नियमावली र मालपोतको (सातौँ संशोधन) नियमावली २०७५ स्वीकृत गरेको छ भने नेपाल र म्यान्माबीच कूटनीतिक तथा सरकारी राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने सम्झौता गर्ने निर्णय गरेको छ ।

(https://tokyosmyrna.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
फेरी–फेरी निर्माणको घोषणा, अर्पण र ऋचाको जोडी
फेरी–फेरी निर्माणको घोषणा, अर्पण र ऋचाको जोडी
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा नेपाल स्काउटको राहत संकलन
प्रदेशले गर्यो गरिबी विरुद्ध लड्ने अठोट ।
प्रदेशले गर्यो गरिबी विरुद्ध लड्ने अठोट ।
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
पोखरा विमान दुर्घटनाको एक वर्ष : प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
निर्मला बलात्कार-हत्याको अनुसन्धान जिम्मा कन्चनपुर प्रहरीलाई
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ : प्रधानमन्त्री दाहाल
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
हनुमन्ते सफाइ अभियान १० टन फोहर संकलन
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल
विद्यालयमा विद्यार्थीहरूलाई महिलाहरूको नग्न तस्वीर देखाएपछि बबाल

तपाईंले छुटाउनुभयो कि?