देउवा सरकारले जाँदाजाँदै फेरि थप्यो सहिद, टिआरसी र बेपत्ता आयोगको १ वर्ष समय थप

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
देउवा सरकारले जाँदाजाँदै फेरि थप्यो सहिद, टिआरसी र बेपत्ता आयोगको १ वर्ष समय थप

सारांश

  • काठमाडौं, २३ माघ- शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि पनि सहिद थपेको छ ।
  • सरकारको समय सकिनै लागेका बेला सोमबार साँझ बसेको मन्त्रिपरिषद् वैठकले सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले द्वन्दकालमा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, निजामती कर्मचारी र शिक्षकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले बताए ।

काठमाडौं, २३ माघ- शेरबहादुर देउवा नेतृत्वको सरकारले फेरि पनि सहिद थपेको छ । सरकारको समय सकिनै लागेका बेला सोमबार साँझ बसेको मन्त्रिपरिषद् वैठकले सशस्त्र द्वन्दकालमा मारिएका सबै राष्ट्रसेवक कर्मचारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले द्वन्दकालमा मारिएका सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, निजामती कर्मचारी र शिक्षकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सञ्चारमन्त्री मोहन बस्नेतले बताए ।

तर, सरकारले कति जनालाई र कस कसलाई सहिद घोषणा गर्यो भन्ने बारेमा स्पष्ट जानकारी गराइसकेको छैन । सरकारले नितिगत निर्णय गरे पनि द्धन्दकालमा मारिएका राष्ट्रसेवकको संख्या एकीन पनि नभएको मन्त्री बस्नेतले बताए।

‘उनीहरुको संख्या जानकारी गराउन सम्वन्धित मन्त्रालय र निकायलाई पत्राचार हुन्छ’, उनले भने, ‘केहीले क्षतिपूर्ति पाइसकेका छन्। बाँकी रहेकाहरुले सहिदको मापदण्ड अनुसार क्षतिपूर्ति पाउँनेछन्।’

मन्त्रिपरिषदले मिति सकिनै लागेको सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगकोको म्याद एकएक वर्ष थप्ने निर्णय गरेको छ। त्यसैगरी उच्चस्तरीय शिक्षा आयोगको म्याद ४ महिना थप गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
राजपालाई पनि सरकारमा ल्याउन प्रधानमन्त्री ओलीको कसरत
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा
शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा, द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा
शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा, द्वन्द्वपीडित अझै न्यायको पर्खाइमा
पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी
पप्पु कन्सट्रक्सनका प्रमुखलाई पक्राउ पूर्जी जारी
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
साना ठुला सबै दलसंग तालमेलमा कांग्रेश: कुन जिल्लामा को संग ??
ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
ग्यास उत्पादन तथा बिक्री वितरण नगर्न निर्देशन
‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’
‘ट्रापिक व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम आवश्यक’
शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
शाहरुखका छोरीको फिल्मलाई क्रिटिक्सले भने, ‘उच्चस्तरको पसलको नमिठो खाजा’
कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति, कहाँ–कहाँ ?
कमल थापाले १५ कार्यकर्तालाई दिए राजनीतिक नियुक्ति, कहाँ–कहाँ ?
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक