जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
४५ पटक हेरिएको
Shares
जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा

सारांश

  • दमौली, ३१ भदौ ।
  • जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा दिने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शनिबार शिविर आयोजना गरेको छ ।
  • शिविरमा ८९ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो ।

दमौली, ३१ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले जनताको घरदैलोबाटै सेवा दिने उद्देश्यसहित शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा शनिबार शिविर आयोजना गरेको छ ।शिविरमा ८९ जना सेवाग्राहीलाई नागरिकता वितरण गरिएको प्रजिअ भरतकुमार शर्माले जानकारी दिनुभयो । शिविरमा पूर्ण अपाङ्गता भएका १८ वर्षीय आशिष ढकालले समेत नागरिकता बनाएका थिए । सो अवसरमा ९७ सेवाग्राहीले मतदाता परिचयपत्र बनाएका , ८८ जना सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले प्रशासनले गरेको कार्य सराहनीय भएको बताउनुभयो ।
प्रशासनले दुर्गम स्थानलाई प्राथमिकता दिँदै नागरिकता प्रमाणपत्र, राहदानी, बजार अनुगमन एवं अन्य सेवा लिँदा पु¥याउनुपर्ने प्रक्रिया र कागजातको सन्दर्भमा स्थानीय तहको संयोजनमा स्थानीय तहका निर्वाचित प्रतिनिधि र कर्मचारीसँग समेत अन्तरक्रिया र अनुशिक्षण कार्यक्रम गर्ने योजना बनाएको छ ।

सामुदायिक अस्पताल हस्तान्तरण

यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका–११ साँखेमा सञ्चालित फूलबारी सामुदायिक अस्पताल सरकारलाई हस्तान्तरण गरिएको छ ।स्थानीय जनताको अनुदानबाट सञ्चालित अस्पताललाई शुक्लागण्डकी नगरपालिकाको स्वामित्वमा रहने गरी हस्तान्तरण गरिएको हो । अस्पतालका अध्यक्ष शालिकराम भट्टराईले शनिबार उक्त अस्पतालको सम्पूर्ण स्वामित्व शुक्लागण्डकी नगरपालिकालाई हस्तान्तरण गर्नुभयो ।उक्त अस्पतालले शुक्लागण्डकी नगरपालिका–१०, ११, १२ र स्याङ्जाको हरिनास तथा बिरुवा गाउँपालिकाका सर्वसाधारणलाई समेत सेवा दिँदै आएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद आशा कोइरालाले जनताको लगानीमा जुटाइएको सम्पत्ति सरकारलाई बुझाउनु उदाहरणीय कार्य रहेको बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले अस्पताललाई १५ श्ययाको बनाउन प्रदेश सरकारसँग समन्वय गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
उत्पादन घटेपछि डडेल्धुराका ओखर व्यवसायी चिन्तित
नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा छलफल गर्ने सहमति
नेपाल र बेलायतबीच गोर्खा सैनिकका विषयमा छलफल गर्ने सहमति
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
सबै दल समृद्धितर्फ लाग्नुपर्छ : नेता बस्नेत
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
राजपा,फोरम र संघीय समाजवादीसँग गठबन्धन बनाउने प्रचण्डको चाहना
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
साग खेल्ने महिला क्रिकेट टिमको घोषणा
साग खेल्ने महिला क्रिकेट टिमको घोषणा
अध्यक्ष नेपाल भन्छन् :  सरकार पाँचै वर्ष चल्छ
अध्यक्ष नेपाल भन्छन् : सरकार पाँचै वर्ष चल्छ
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
राष्ट्रिय एकता र शान्तिको कामनासहित बौद्ध समुदायद्वारा विशेष प्रार्थना सभा
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने
काँग्रेसले अब सरकार विरुद्ध देशभर प्रदर्शन गर्ने