देशैभर सडक अस्तब्यस्त, सरकार भने रेल र पानीजहाजको गफमै मस्त !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
देशैभर सडक अस्तब्यस्त, सरकार भने रेल र पानीजहाजको गफमै मस्त !

सारांश

  • काठमाडौं,  २७ असार ।
  • मुलुकका प्रमुख राजमार्गहरु यतिबेला जुनसुकै बेला जहाँ पनि पहिरो र वाढीको जोखिममा छन् ।
  • पछिल्लो १ सातामा मात्र पृथ्वी राजमार्गको मुग्लिन–नारायणघाट सडक ४ पटक पहिरोले बन्द भइसक्यो ।

काठमाडौं,  २७ असार । मुलुकका प्रमुख राजमार्गहरु यतिबेला जुनसुकै बेला जहाँ पनि पहिरो र वाढीको जोखिममा छन् । पछिल्लो १ सातामा मात्र पृथ्वी राजमार्गको मुग्लिन–नारायणघाट सडक ४ पटक पहिरोले बन्द भइसक्यो । यससडक खण्डको गाईघाट नजिक अकस्मात सडक भाँसिएपछि आवागमन एकतर्फी भएको छ ।

सिद्धार्थ राजमार्गको अवरोध हटे पनि पासाङ ल्हामु राजमार्ग तथा बेनी जोमसोम सडक पनि यतिबेला अवरुद्ध छ । पासाङ ल्हामु राजमार्ग अन्तर्गतको कालिका गाउँपािलका– १ ग्राङ क्षेत्रमा सडक सफा गर्ने क्रममा डोजर बिग्रिएपछि सवारी आवागमन बन्द भएको छ । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका १५० भन्दा बढी सवारीसाधन राजमार्गका विभिन्न ठाउँमा थन्किएका छन् ।
यस्तै, अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा गएराति आएको पहिरोका कारण मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा बेनी हुँदै मुस्ताङ र मुस्ताङबाट फर्किने यात्रु अलपत्र परेका छन् । बेनी–जोमसोम–कोरला सडक विस्तार गर्ने जारी रहेकाले ठाउँठाउँमा पहिरोको सम्भावना छ ।

पूर्वपश्चिम राजमार्गका पुलहरु पनि उत्तिकै जोखिममा छन् भने तराईका भित्री सडकसमेत बाढीको चपेटामा छन् । पहाडी क्षेत्रमा जिल्ला सदरमुकामसम्म जोड्ने सडकमा पहिरो आए उद्दारमा तदारुकता देखाइन्छ, तर अन्य ग्रामीण सडक त अब पुनःसञ्चालनका लागि दसैं नै कुर्नुपर्ने अवस्था छ।

अरनिको राजमार्ग भत्काएर छाडिएको १ वर्षभन्दा बढी भइसक्यो । काठमाडौं उपत्यकाभित्रै पनि आधाभन्दा बढी सडकको दूरावस्था सबैले भोगेकै कुरा हो । यसरी मुलुकभरका सडक यातायातको अवस्था जीर्ण छ त्यसैले अत्यावश्यकीय काम नपरी स्थलमार्गबाट आवतजावत गर्न नहुने अवस्था छ ।
मुलुकभरका सडक यसरी अस्तव्यस्त भइरहँदा सरकार भने नियमित मर्मतभन्दा माथि उठेर समस्याको सम्बोधन गर्न जुटेको पाइँदैन । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयजस्ता यससँग प्रत्यक्ष सरोकार राख्ने निकायहरुको प्राथमिकतामा सडकको अस्तव्यस्तता परेकै छैन ।

सरकार भने केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र रक्सोल–काठमाडौं रेल सेवा विस्तार गर्ने प्रचारबाजीमै रमाइरहेको छ । यीमध्ये कुनै पनि आयोजनाको अध्ययनसमेत भएको छैन ।

केरुङ–काठमाडौं रेल प्रतिफलका दृष्टिले लगानीयोग्य नरहेको प्रतिवेदन नै सार्वजनिक भइसकेको छ।

बरु, उनी जलमार्गबारे अध्ययन नै नभए पनि पानीजहाजको उद्घाटन समारोहको निमन्त्रणा बाँड्दै हिँडिरहेका छन् ।

यसरी सरकारले रेलको सपना बाँडिरहँदा आम जनता भने ज्यानको माया नै मारेर स्थलमार्गबाट आफ्नो गन्तव्यसम्म पुग्न विवश छन् । जनतालाई सुरक्षीत यात्राको प्रत्याभूति दिलाउने काम सरकारकौ भए पनि जनताले त्यो जिम्मेवारी सरकारले पूरा गर्छ भन्ने महशुस गर्न सकेका छ्रैनन ।

(Diazepam)

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Tirtha Chamling Rai

    Asarit nytaharuly jantala vyda banauny honi

    Comment Author

    Suklal Kisan

    पहिला सेरबहादुर हुँदा वास्तै भएन
    अहिले केपी वली हुँदा सबैको
    दिमाख उतै तिर छ

    Comment Author

    Jay Gorkhali Nirman Sewa

    kura kp woli ko matrai hoina. bhak bhake lathebro shere. sukila mukila naba danadye switch bank ma 10 arab jamma garne malik prachanda. kamal thapa galat kaam garne neta lai virod garnu parchha.

      Comment Author

      Jhapendra Jhapendra

      यी अर्को को झोले को चित्त दुखेछ जो सरकार मा छ तेसै लाई भन्ने त हो नि

    Comment Author

    Harihar Bhandari

    Sahi kura ,,pahila pani yo samayama testai huntheo vanna hunna ahile ta hami janataharu le bahumat diyaka xau ,,yo asar masanta lai mansir masanta banaya kasto hola,,badi pahiro le bato tesai kharab ajhai teasai ma road maintenance ko name pura laparbahi,,ramra kura lai ta bahumat le parit garera sabai jana sanga sarsallaha gari desh ko Bikash tira lagau,,Aba aru party Lai dosh dine kama nagarau,,ahile Election xaina desh ko Bikash garne palo ho…

    Comment Author

    Shojho Kaila Sherpa

    rip kp sarkar

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?