प्रदेश न.१ : सरकारकाे वेबसाइट संचालनमा
सारांश
- अस्विन खड्का, ३१ असार ।
- प्रदेश सरकारले आफ्नो मातहतमा रहेका मन्त्रालयको गतिविधि समेटेर वेबसाइट सञ्चालनमा ल्याएको छ।
- प्रदेशले गरेका हरेक कानुन,नियम,सूचना र अन्य गतिविधिहरुका बारेमा नागरिक समक्ष सूचना प्रवाह गर्न आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको हाे।
अस्विन खड्का, ३१ असार । प्रदेश सरकारले आफ्नो मातहतमा रहेका मन्त्रालयको गतिविधि समेटेर वेबसाइट सञ्चालनमा ल्याएको छ।
प्रदेशले गरेका हरेक कानुन,नियम,सूचना र अन्य गतिविधिहरुका बारेमा नागरिक समक्ष सूचना प्रवाह गर्न आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको हाे। प्रदेश नं. १का मुख्य मन्त्री शेरधन राई का प्रेस सल्लाहाकार धुर्ब सुबेदी का अनुसार प्रदेश १ ले सम्पूर्ण जनता लाई घर मै बसेर प्रदेश को बारेमा सम्पूर्ण जानकारी पाउने उद्देश्यले मुख्य मन्त्री कै योजना अनुसार आफ्नो वेबसाइट बनायको बताए ।
वेबसाइट मा १ नं प्रदेशको भूगोल,महत्वपूर्ण स्थानहरु, धार्मिक तथा पर्यटकीय स्थलहरु तथा नागरिकको गुनासा र समस्या लिने व्यवस्था पनि गरिएको छ ।
प्रदेश सरकारले चाडै नै जनगुनासो सुन्नका लागि मुख्य मन्त्रीको कार्यालयमा हटलाइन सेवा शुरु गर्ने तयारी गरिरहेको मुख्यमन्त्रीका सल्लाहकार ले जानकारी गराए ।
सो वेबसाइट हेर्न को लागि www. p1.gov.np मा जानुपर्ने हुन्छ ।
प्रतिक्रिया