एक वर्ष नपुग्दै किन फुट्यो विवेकशील साझा! ‘पार्टीलाई धोका भएको’ निश्कर्ष
सारांश
- काठमाडौं ।
- पार्टी एकीकरण भएको एक वर्ष नबित्दै विवेकशील साझा पार्टी फुटेको छ ।
- पार्टीको वैचारिक दृष्टिकोण नमिलेको भन्दै उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो ।
काठमाडौं । पार्टी एकीकरण भएको एक वर्ष नबित्दै विवेकशील साझा पार्टी फुटेको छ । पार्टीको वैचारिक दृष्टिकोण नमिलेको भन्दै उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । पहिलेको साझा पार्टीमा मिसिएको विवेकशील समुहका बाहिरिएका हुन् ।
उनीहरु नयाँ दल दर्ताका लागि शुक्रबार निर्वाचन आयोगमा निवेदन दिएका थिए । थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएको घटनालाई दुःखद भएको विवेकशील साझा पार्टीले बताएको छ।
पार्टी प्रवक्ता डा.सूर्यराज आचार्यले एक विज्ञप्ति जारी गर्दै थापाले केहि केन्द्रीय सदस्यलाई लिएर नयाँ दल दर्ताको लागि निवेदन दिएको घटना धोकापूर्ण रहेको बताइएको छ । पार्टीका प्रवक्ता आचार्यलेद्धारा जारी विज्ञप्तिमा लाखौँ नेपाली नागरिकले आशा र विश्वासका साथ पार्टीलाई हेरेको बेला घटना दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।
यही पुस ३० गते केन्द्रीय समितिको बैठकको आयोजना गरिएको छ । वैठकको तयारी भैरहेको बेला केही केन्द्रिय सदस्यले छुट्टै दल दर्ताका लागि निवेदन दिएको घटनाले पार्टीलाई आश्चर्यचकित बनाएको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजक आ-आफ्नै जिम्मेवारीमा यथावत् क्रियाशील रहेको स्पष्ट पारिएको छ । पछिल्लो विकसित घटनाक्रमबाट सम्पूर्ण पार्टी सदस्य, पार्टी अभियानकर्ता, सम्पूर्ण शुभेच्छुकलाई विचलित नभई जिम्मेवारीप्रति सचेत रहन पार्टीले आग्रह गरेको छ ।
‘उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ’ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया