जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
३८ पटक हेरिएको
Shares
जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

सारांश

  • मकवानपुर– बागमती प्रदेशको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरिएको छ।
  • शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यही जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो।
  • त्यस्तै, मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप ५० हजार रूपैयाँ दिने गरी कार्यविधि पास गरेको छ।

मकवानपुर– बागमती प्रदेशको वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरिएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यही जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो। त्यस्तै, मन्त्रिपरिषद् बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरुप ५० हजार रूपैयाँ दिने गरी कार्यविधि पास गरेको छ।

सरकारले यसअघि नै हृदयघात, मस्तिष्कघात, मुटु, दम, मधुमेह, फिस्टुला, क्यान्सरलगायत विभिन्न नसर्ने रोग लागेका बिरामीलाई उपचारका लागि ५० हजार दिने निर्णय गरेको थियो। तर, कार्यविधि नबन्दा सर्वसाधारण नागरिकले सो सेवा प्राप्त गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गरी शुक्रबार नै कार्यविधि पास गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए।

त्यसैगरी, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धाश्रम, अनाथालय, घाटलगायतमा दाउराको सहज आपूर्तिको व्यवस्था मिलाउने निर्णय भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शनिबारदेखि मौसम सफा हुने
शनिबारदेखि मौसम सफा हुने
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
खानी दुर्घटनामा १३ जनाको मृत्यु
खानी दुर्घटनामा १३ जनाको मृत्यु
बिम्स्टेक शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानकाे समझदारी गरिने !
बिम्स्टेक शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानकाे समझदारी गरिने !
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
प्रधानन्यायाधीशको बचाऊ गर्दै डा. केसीलाई अनसन तोड्न आग्रह
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
तेह्र सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफ (पूर्णपाठ)
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
रवि–बालेनसँगको संवादले भारतीय प्रधानमन्त्री उत्साहित, भन्छन्– ‘नेपालको भविष्य सुन्दर छ’
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
गगन भेट्न अस्पतालमा पुगेका राजन भट्टराईमाथि दुर्ब्यवहार
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
दार्चुलामा विद्यार्थीलाई भर्नासँगै पाठ्यपुस्तक
युवासंघ चाँडै राहत लिएर तराई झर्नेछ,  कार्यालय प्रमुख प्रभात विक्रम कटवाल ,,
युवासंघ चाँडै राहत लिएर तराई झर्नेछ, कार्यालय प्रमुख प्रभात विक्रम कटवाल ,,