गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटना !
सारांश
- काठमाडौं , २३ भदाै ।
- गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ।
- गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ६ यात्रु बाकेर उडेको हेलिकोप्टोर धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक दुर्घटनामा परेको बताइएको छ।
काठमाडौं , २३ भदाै । गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ६ यात्रु बाकेर उडेको हेलिकोप्टोर धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक दुर्घटनामा परेको बताइएको छ।
त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव बहादुर तिवारिले धादिङकाे सत्यवतीकाे उत्तरतर्फ दुर्घटना भएकाे सूचना अाएकाे जनकारी दिए।क्याप्टेन निश्ल केसीले उडाइएको कल साइन ९एन–एएलएसको हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा सेर्पा, खोर्काका चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्पा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बिमल बस्नेतले जानकारी दिए।
हेलिकोप्टर आज बिहान ६ः५७ मा काठमाडौंका उडेको चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष बिरबहादुर गुरुङले बताए। घटनाको थप बिस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया