देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १६, २०७६
|
|
१९ पटक हेरिएको
Shares
देश सङ्घीय गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको छ : मुख्यमन्त्री पौडेल

सारांश

  • हेटौँडा, १६ माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताएका छन्।
  • शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित सभामा मुख्यमन्त्री पौडेलले लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका आन्दोलनमा आफ्नो निजी आकाङ्क्षालाई तिलाञ्जलि दिँदै अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्ने महान शहीदलाई सम्मान गर्दै शहीदको त्याग र योगदानको चर्चा परिचर्चा तथा उनीहरुको सपना पूरा गर्ने सङ्कल्पका साथ उपस्थित भएको बताए ।
  • उनले अधिकार प्राप्तिका लागि विसं १९९७ देखि हालसम्मका सम्पूर्ण जनसङ्घर्षमा शहादत प्राप्त गरेका शहीदप्रति हार्दिक सम्मान एवं श्रदासुमन व्यक्त गरे।

हेटौँडा, १६ माघ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले इतिहासका अनेकौँ चुनौतिपूर्ण क्षणको सामना गर्दै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रको फराकिलो राजमार्गमा आइपुगेको बताएका छन्।

शहीद दिवसका अवसरमा प्रदेश सरकारद्वारा आयोजित सभामा मुख्यमन्त्री पौडेलले लोकतन्त्र, समानता तथा सामाजिक न्यायका लागि भएका आन्दोलनमा आफ्नो निजी आकाङ्क्षालाई तिलाञ्जलि दिँदै अमूल्य जीवन देश र जनताको हितका लागि उत्सर्ग गर्ने महान शहीदलाई सम्मान गर्दै शहीदको त्याग र योगदानको चर्चा परिचर्चा तथा उनीहरुको सपना पूरा गर्ने सङ्कल्पका साथ उपस्थित भएको बताए ।

उनले अधिकार प्राप्तिका लागि विसं १९९७ देखि हालसम्मका सम्पूर्ण जनसङ्घर्षमा शहादत प्राप्त गरेका शहीदप्रति हार्दिक सम्मान एवं श्रदासुमन व्यक्त गरे। मुख्यमन्त्री पौडेलले देश वर्तमान अवस्थासम्म आइपुग्दा नेपाली जनताको बलमा निरङ्कुश एवं स्वेच्छाचारी शक्तिलाई घुँडा टेकाउँदै व्यवस्था परिवर्तनको आन्दोलनलाई गन्तव्यमा पु¥याएको उल्लेख गरे । अधिकारका मुद्दालाई संविधानमा लिपिबद्ध गरेको तथा सम्बोधन गरेको भन्दै पौडेलले हामीले खोजेको व्यवस्थाअन्तर्गत हामीले हाम्रो प्रतिनिधिमार्फत लेखेको संविधानबाट शासन व्यवस्था सञ्चालन गर्न सफल भएको बताए ।

मुख्यमन्त्री पौडेलले शहीदले देखाएको सत्य र न्यायको बाटोमा अविराम लाग्ने प्रतिबद्धता व्यक्त गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?