न्यूजिल्याण्डका बलर साउदीले तोडे सचिनको ब्याटिङ रेकर्ड
सारांश
- एजेन्सी ।
- न्युजिल्याण्डका फास्ट बलर टिम साउदीले सचिनको रेकर्ड तोडेका छन् जसलाई कोहली तथा स्मीथ जस्ता ब्याटस्म्यानहरूले अझै भेट्टाउन सकेका छैनन्।
- साउदीले टेस्ट क्रिकेटमा सचिन तथा क्लाइव लयडलाई उछिनेका छन्।
एजेन्सी । न्युजिल्याण्डका फास्ट बलर टिम साउदीले सचिनको रेकर्ड तोडेका छन् जसलाई कोहली तथा स्मीथ जस्ता ब्याटस्म्यानहरूले अझै भेट्टाउन सकेका छैनन्। साउदीले टेस्ट क्रिकेटमा सचिन तथा क्लाइव लयडलाई उछिनेका छन्।
सोमबार श्रीलंकाविरूद्धको दोश्रो टेस्टमा साउदीले मात्र १० बलमा २४ रन बनाए। यसक्रममा उनले २ छक्का र २ चौका लगाए। योसँगै ३० वर्षिय टिमले टेस्ट क्रिकेटको आफ्नो छक्काको संख्या ७१ मा पुर्याएका छन्। श्रीलंका विरूद्ध ब्याटिङमा उत्रदां उनी सचिनको ६९ छक्काको बराबरीमा थिए। साउदीले एकै पारीमा क्लाइव लयड(७०) तथा युनिस खान(७०)लाई पनि पछाडि पारे।
साउदी टेस्ट क्रिकेटमा ७० भन्दा बढि छक्का प्रहार गर्ने १५ खेलाडीमा पर्छन्। उनी यस मामिलामा हाल १५ औं नम्बरमा छन्। सचिनले २०० टेस्ट खेलबाट ६९ छक्का लगाएका थिए भने विराटले हालसम्म ७८ टेस्टमा मात्र १९ छक्का प्रहार गरेका छन्। यस्तै स्टीवले ६६ टेस्ट खेल्दै ३८ छक्का बनाएका छन्।
यस मामिला सर्वा्धिक टेस्ट छक्काको रेकर्ड भने न्युजिल्याण्डकै ब्रेंडन म्याकुलमको नाममा छ। कुल १०१ टेस्ट खेल्दै उनले १०७ छक्का बनाएका छन्। सय छक्का बनाएर एडम गिलक्रिस्ट दोश्रो नम्बरमा छन् भने तेश्रोमा ९८ छक्कासहित क्रिस गेल छन्। यस्तै भारतका वीरेन्द्र सहवाग र महेन्द्र सिंह धोनीले क्रमशः ९१ र ७८ छक्का बनाएका छन्।
अब साउदीले धोनीलाई जित्न ८ छक्काको जरूरत छ। यस्तै रिक्की पोन्टिङको रेकर्ड तोड्न उनलाई केवल ३ छक्काको आवश्यक्ता छ।
साउदीले हालसम्म आफ्नो ११ वर्ष लामो करियरमा ६७ टेस्ट खेलिसकेका छन् जसमा उनले २५१ विकेट लिएका छन्। यस्तै वान डे तर्फको कुरा गर्दा १४० वान डे बाट १८६ विकेट लिएका छन् भने टि(२० मा ५८ खेलबाट ६७ विकेट लिएका छन्। न्युजिल्याण्डका लागि कुल २६५ अन्तराष्ट्रिय खेल खेलेका छन् जसमा उनले ५०४ विकेट उनको नाममा रहेको छ भने टेस्ट खेलमा १६११ , वान डे मा ६७६ र टि(२०मा १४८ रन जोडेका छन्।
प्रतिक्रिया