दोलखा प्रशासनले सुरु गर्यो संवेदनशिल मतदान केन्द्रको अनुगमन
सारांश
- आगामी मंसिर १० गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा दोलखाका संवेदनशिल भनिएका मतदान केन्द्रहरुको जिल्ला स्थित सुरक्षा निकायले अनुगमन सुरु गरेको छ ।
- नागरिकलाई स्वच्छ र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्थाका लागि सुरक्षा प्रबन्ध गर्ने उद्देश्यले दोलखाको प्रशासनले मतदानस्थल अनुगमन सुरु गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिए ।
- जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले शुक्रबार अनुगमनको सुरुवात वैतेश्वर गाउँपालिकाका मतदानस्थलहरुबाट गरेको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा दोलखाका संवेदनशिल भनिएका मतदान केन्द्रहरुको जिल्ला स्थित सुरक्षा निकायले अनुगमन सुरु गरेको छ ।नागरिकलाई स्वच्छ र भयरहित वातावरणमा मतदान गर्ने व्यवस्थाका लागि सुरक्षा प्रबन्ध गर्ने उद्देश्यले दोलखाको प्रशासनले मतदानस्थल अनुगमन सुरु गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले जानकारी दिए । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोलीले शुक्रबार अनुगमनको सुरुवात वैतेश्वर गाउँपालिकाका मतदानस्थलहरुबाट गरेको छ । बैतेश्वरका अति संवेदनशील भनिएका मतदान केन्द्रहरु काव्रेको हनुमन्तेश्वर मावि , विद्याप्रेमी नेशनल एकेडेमी बैतेश्वर गाउँपालिका १ को वडा कार्यालय पिपलडाँडा , जनज्योती मावि र कालिढुंगा माविसँगै बैतेश्वर मावि मतदान केन्द्रको निरिक्षण अनुगमन गरेको हो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाको नेतृत्वमा गाउँ पुगेको टोलीले मतदानस्थलहरुमा विगतमा भएका मतदान प्रक्रियाहरुको जानकारी लिएको थियो ।निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापा, प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाशकुमार काफ्ले, रणभीम गणका प्रमुख सेनानी झविन्द्रबहादुर रेस्मी, स्थानीय विकास अधिकारी तुलसीनाथ गौतम, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी चरिकोट वेसक्याम्पका प्रहरी नायव उपरीक्षक महेश केसी, सहायक निर्वाचन अधिकृतहरु रमेश शिवाकोटी , बालकृष्ण कटवाल, सुरक्षाकर्मी र जिल्लाका केही सञ्चारकर्मीहरुको समेत सहभागिता थियो ।
\दोलखाका संवेदनशील भनिएका सुरी, जुँगु, चंखु , मार्वु , मागापौवा , शहरे लगायत सबैजसो मतदानस्थलहरुको निरीक्षण गरिने र आवश्यकता अनुसार सुरक्षा प्रबन्ध गरी भयरहित, निष्पक्ष निर्वाचन व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले बताए । उनले आम नागरिकलाई ढुक्क भएर मतदान पाउनेमा कुनै संका नगर्न आग्रह समेत गरेका छन् । दोलखामा ९४ मतदानस्थल र १९० मतदान केन्द्रहरु रहेको र ति सबै स्थानहरुमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन आफुहरु निरन्तर लागिरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । प्रदेशसभा र प्रतिनिधीसभा अन्तर्गत एक प्रतिनिधीसभा सदस्य र दुई प्रदेशसभा सदस्यका लागि दोलखामा १६ वटा दल स्वतन्त्र गरी ३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया