ओमानमाथि नेपाल ३७ रनले विजयी

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १४, २०८१
|
|
२७ पटक हेरिएको
Shares
ओमानमाथि नेपाल ३७ रनले विजयी

सारांश

  • काठमाडौं।
  • नेपालले ओमानमाथि जित हासिल गरेको छ।
  • गएराति सम्पन्न जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।

काठमाडौं। नेपालले ओमानमाथि जित हासिल गरेको छ। गएराति सम्पन्न जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको हो।

नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुँदै १३९ रन मात्र बनाएपछि नेपाल ३७ रनले विजयी भएको हो।

ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए। त्यसैगरी नेपाली बलर करण केसीले ३ व्केट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २-२ विकेट लिएका थिए।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। नेपालका लागि गुलशन झाले सर्बाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए।

यो नेपालको सिरिजमा दोस्रो खेलमा पहिलो जित हो। अब नेपालले यस सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?