​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १७, २०७४
|
|
३६ पटक हेरिएको
Shares
​अखिल क्रान्तिकारीमा तामाङको बिजय, गृहमन्त्रीलाई धक्का

सारांश

  • काठमाडौं ।
  • नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा रंजित तामाङ झिनो मतले बिजयी भएका छन् ।
  • अध्यक्षका प्रत्यासी अनिल शर्मालाई १२ मतले पराजीत गर्दै तामाङ अध्यक्ष भएका छन् ।

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा रंजित तामाङ झिनो मतले बिजयी भएका छन् । अध्यक्षका प्रत्यासी अनिल शर्मालाई १२ मतले पराजीत गर्दै तामाङ अध्यक्ष भएका छन् । महासचिवमा उत्तम अधिकारी बिजयी भएका छन् ।

उपाध्यक्षहरुमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् । उनीहरु खुलातर्फबाट उपाध्यक्ष चुनिएका हुन् । यसैगरी महिला उपाध्यक्षमा पञ्चा सिंह, जनजाति उपाध्यक्षमा दिपेश पुन र मधेशी उपाध्यक्षमा रविकिरण यादव विजयी भएका छन् ।

महासचिवमा उत्तम अधिकारी निर्वाचित भए । उनले खेमबहादुर सिंहलाई पछि पार्दै संगठनको शक्तिशाली मानिने महासचिव पद जितेका हुन् ।  उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । उपमहासचिवमा आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध भइसकेकी छिन् । कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् ।

खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् । विभिन्न क्लष्टरहरुबाट अखिल क्रान्तिकारीका १६ जना सचिव चुनिएका छन् । क्रान्तिकारीको सम्मेलन भदौ ७ गते सुरु भएको थियो ।
अध्यक्षका प्रत्यासी तामाङ माओवादी नेता बर्षमान पुन निकट हुन् । अनिल शर्मा गृहमन्त्री जनार्दन शर्माका भाइ हुन् । तामाङलाई जिताउन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै लागेको आरोप शर्मा पक्षका विद्यार्थी नेताहरुको छ ।

शर्माको हारले गृहमन्त्री शर्मालाई धक्का लागेको छ । अखिल क्रान्तिकारीको सम्मेलन उद्घाटनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले भाषण गर्दा भन्दा मन्त्री शर्मा बोल्दा बढी ताली बजेको थियो । जुन कुरालाई दाहालले मार्क गरेको र उनैको जोडबलमा तामाङलाई मैदानमा उतारी जिताइएको चर्चा माओवादी बृत्तमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का
युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भिडन्त पक्का
चैत १३ गते शुक्रवारको राशिफल यस्तो छ
चैत १३ गते शुक्रवारको राशिफल यस्तो छ
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
२०१९ मा आमिरको धमाका, लगातार सातौँ रेकर्डको तयारीमा
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
बंगलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह-त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
भ्रष्टाचारी आरोपित महानिर्देशक शर्माको घरमा विप्लव कार्यकर्ताको तोडफोड
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
आसिका राजौरे बनिन् डान्स आईकन दाङ
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
प्रकाश दाहालकाे निधनमा नर्भीकका चिकित्सकले के भने ? (भिडियाे सहित)
प्रकाश दाहालकाे निधनमा नर्भीकका चिकित्सकले के भने ? (भिडियाे सहित)
नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !
नेपालमा भारतीय रेल गुड्ने पक्का भो, चीनको रेल के होला !
टिकटक प्रतिबन्धविरुद्ध १० रिट
टिकटक प्रतिबन्धविरुद्ध १० रिट