प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु

सारांश

  • काठमाडौं।
  • एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु गरिएको छ।
  • मंगलबार विहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।

काठमाडौं। एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रिया सुरु गरिएको छ। मंगलबार विहान पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन मनमोहन कार्डियोलोजी भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
डाक्टरहरुले प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको बताएपछि शल्यक्रिया सुरु गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

सुरुमा प्रधानमन्त्री ओलीले आफ्नो पेट दुखेको बताएका थिए। त्यसपछि विहान साढे आठ बजे अस्पताल लगिएको थियो। चिकित्सकहरुको टोलीले विभिन्न परीक्षण गरेपछि प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस भएको पुष्टि भएको थियो। अहिले प्रधानमन्त्रीको शल्यक्रिया भइरहेको छ। झन्डै १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रम ओली अहिले फेरि मिर्गौलाको समस्याबाट पीडित छन्। हालै उनको केही पटक हेमोडायालिसिस गरिएको थियो।

एपेन्डिसाइटिसको समस्या त्यति जटिल नभए पनि ओलीको स्वास्थ्यमा विद्यमान अन्य समस्याका कारण अस्पताल भर्ना भएपछि चिकित्सकहरूले उनको परीक्षण गरिरहेको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?