दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा .

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १०, २०७४
|
|
२६ पटक हेरिएको
Shares
दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा .

सारांश

  • १० असार, काठमाडौं ।
  • असार १४ गतेका लागि तय गरिएको दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
  • आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको विषयलाई आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

१० असार, काठमाडौं । असार १४ गतेका लागि तय गरिएको दोस्रो चरणको स्थानीय चुनावको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरेको विषयलाई आजका पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोमा परेर भएको मानवीय तथा भौतिक क्षतिबारे पनि पत्रपत्रिकाहरुले सामग्री पस्केका छन् । विभिन्न स्थानका चुनावी विश्लेषणहरु पनि आजका पत्रपत्रिकाहरुमा छापिएका छन् ।

‘चुनावको सम्पूर्ण तयारी पूरा’ शीर्षक दिएर मुख्य खबर लेखेको गोरखापत्र दैनिकले अस्थायी शिक्षक र सरकारबीच वार्ता भएको र परीक्षामा फेल भए पनि पैसा दिने सहमति भएको समाचार प्रकाशित गरेको छ ।

नयाँ पत्रिका दैनिकले नारायणगढ–मुग्लिङ सडक खण्डको दुरावस्थाबारेको सामग्रीलाई मुख्य खबर बनाएर छापेको छ । स्थानीय तह निर्वाचनका थरीङथरीका उम्मेदवारबारेको समाचारलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ ।

राजधानी दैनिकले मुग्लिन–नारायणगढ खण्डमा गएको पहिरोको विषयलाई नै मुख्य खबर बनाएर छापेको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाको गाउँको चुनावी माहोल र गाउँलेको चाहनाबारे एक सामग्री प्रकाशित गरेको छ । स्थानीय तहको नाम जुधेको विषयको खबर पनि आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
जिम्मेवारी सम्हालेलगत्तै एक्सनमा काठमाडौं प्रहरी प्रमुख, डन चक्रे मिलन पक्राउ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
स्थायी कमिटी बैठकलगत्तै साङ्गठनिक एकता पूरा गर्छौं : प्रवक्ता श्रेष्ठ
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
प्रेम कृष्ण बजगाईंको शब्द संगीतमा फेरी अर्को उत्कृष्ट बालगीत (हेर्नुहोस् भिडियोसहित)
काठमाडौँको धुलो बढाल्न ५ वटा ब्रुमर, हिजो गरियो उद्घाटन
काठमाडौँको धुलो बढाल्न ५ वटा ब्रुमर, हिजो गरियो उद्घाटन
के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???
के हुन्छ मृत्युपछि फेसबुक, जिमेल र ट्वीटर एकाउण्ट ???
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
हाम्रै कारणले गणतन्त्र खतरामा पर्ने संभावना बढ्यो : प्रचण्ड
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
प्रधानमन्त्री, देउवाले बुझाएनन् सम्पत्ति विवरण………….
एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?
एमाले माअाेवादी कार्यकर्तालाई प्रचण्डको प्रश्नः क्रमभंग गर्न तयार छौँ ?
१३ वर्षअघि भएकाे हत्याका अाराेपि युवतिले पक्राएपछि…
प्रदेश २ को राजधानी कहाँ ?
प्रदेश २ को राजधानी कहाँ ?

तपाईंले छुटाउनुभयो कि?