५ किलो सुनसहित पक्राउ, आजै सार्वजनिक गरिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
  • बालाजुमा रहेको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौं । काठमाडौंको बालाजुबाट ५ किलो सुनसहित एकजना पक्राउ परेका छन् ।
बालाजुमा रहेको तीनपिप्लेबाट ५ किलो सुनसहित एकजनालाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुन केरुङ नाकाहुँदै काठमाडौं भित्राइएको हो । गैरकानुनी रुपमा ल्याइएको सुन प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ पर्नेको नाम, ठेगाना भने खुलाइएको छैन ।

पक्राउ पर्ने व्यक्तिलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको छ । यसअघि केहीदिन अघि पनि ३ किलो सुनसहित १ जना पक्राउ परेका थिए ।

अवैध रुपमा सुन भित्राउने भरियाहरुलाई प्रहरीले पक्राउ गर्दै आएको छ । वास्तविक सुन ओसारपसार गर्नेलाई पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?