त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या

सारांश

  • अस्बिन खड्का उदयपुर, ३० बैशाख ।
  • त्रियुगा नगरपालिकाले बनाएको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या देखिएका छन् ।
  • गाईघाटमा आज राखिएको कार्यक्रममा चासो व्यक्त गर्दै सहभागीहरुले त्रियुगा नगरपालिकाभित्रका सार्वजनिक जग्गा विभिन्न मानिसले कब्जा गरेर आफ्नो भनी बेचिरहेको भन्दै नगरपालिकाले तत्काल सुकुम्बासीको नाममा बसेका र बनेका घरटहरा भत्काएर नगरको र सरकारको जग्गा खाली गर्नुपर्नेमा जोड दिएका थिए ।

अस्बिन खड्का

उदयपुर, ३० बैशाख । त्रियुगा नगरपालिकाले बनाएको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या देखिएका छन् । गाईघाटमा आज राखिएको कार्यक्रममा चासो व्यक्त गर्दै सहभागीहरुले त्रियुगा नगरपालिकाभित्रका सार्वजनिक जग्गा विभिन्न मानिसले कब्जा गरेर आफ्नो भनी बेचिरहेको भन्दै नगरपालिकाले तत्काल सुकुम्बासीको नाममा बसेका र बनेका घरटहरा भत्काएर नगरको र सरकारको जग्गा खाली गर्नुपर्नेमा जोड दिएका थिए ।

अतिक्रमण गरिएको जग्गा खाली गर्न नगरपालिकाले सूचना समेत निकालिसकेकाले सबै जग्गा खाली गराइने प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर कार्कीले बताए । कार्कीले भने, “सरकारको नाममा भएको जग्गामा कसैले घर बनाएको पाइएमा खाली गर्नुपर्ने र त्यसमा सबै पक्षको सहयोग हुनुपर्छ ।”

गुरुयोजनामा नगरपालिकाले त्रियुगा– १ जोगीदहमा भन्दा त्रियुगा– १३ को खोला किनारमा एयरपोर्ट बनाउँदा उचित हुने प्रस्ताव गरिएको छ । उक्त विषयमा भने सबैको फरक मत आएको थियो । नेपाल सरकारले सबै प्रक्रिया पूरा गरेर अब टेण्डर लगाउन मात्र बाँकी भएको जोगीदहमै विमानस्थल बनाउनुपर्ने धेरैको सुझाव आएको थियो । विमानस्थलका विषयमा समझादारी हुन नसकेको कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका जिल्ला नेता बसन्त बस्नेतले जानकारी दिए ।

हाल विवादित ढुङ्गा, गिट्टी, बालुवा जथाभावी रुपमा निकासी भएको विषयमा पनि छलफल भएको थियो । भर्खरै प्रहरीले पक्राउ गरी एकपटकलाई २ हजारका दरले जरिवाना गरी टिप्पर छोडेको र अब आइन्दा सो क्रसरको मालसामानहरु जिल्लाबाट बाहिर निकासी गर्न नपाउने शर्तमा आफूले छोडेको जिल्ला समन्वय समितिका अध्यक्ष खड्गबहादुर परियारले बताएका थिए । सबै समस्याको समाधान विस्तारै गर्दै जाने भन्ने निर्णयमा पुगेर कार्यक्रम सकिएको नेकपा माओवादी केन्द्रका जिल्ला नेता मोहनबहादुर खत्रीले बताए ।

आजको कार्यक्रममा प्रतिनिधिसभाका सदस्यहरु, प्रदेशसभा सदस्यहरु, प्रमुख जिल्ला अधिकारी तथा त्रियुगा नगरपालिकाका मेयरको सहभागिता थियो । जिल्लामा क्रियाशील पार्टीका प्रतिनिधिहरु सबैको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?