पाकिस्तानी प्रधानमन्त्री अब्बासीले कसलाई के भने ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २३ फागुन – पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन् ।
  • अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् ।
  • सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न छुटाएनन् ।

काठमाडौं, २३ फागुन – पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासी मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेर स्वदेश फर्केका छन् । अब्बासीले मंगलबारै ठमेलस्थित सार्क सचिवालय परिसरमा वृक्षरोपण पनि गरेका छन् । सोमबार र मंगलबार १९ घन्टा बसाइका क्रममा भएका सबै भेटवार्तामा उनले चीन–पाकिस्तान इकोनोमिक करिडोरको क्षेत्रीय महत्वको चर्चा गर्न छुटाएनन् । उनले पाकिस्तान आतंकवादसँग जुधिरहेको दलिल पेस गरिरहे । आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले खबर लेखेका छन् ।

सोमबार उनले प्रधानमन्त्री केपी ओली र सार्क महासचिव सियालसँग भेटघाट गरे । ‘प्रधानमन्त्री अब्बासीले सोमबार र मंगलबार शीर्षस्थ नेतृत्वसँग भेटवार्ताका क्रममा दुईपक्षीय मामिलाबारे मात्र होइन, चीनसँग पाकिस्तानको आर्थिक साझेदारी, सार्कबारे पनि छलफल गरेका छन्,’ पाकिस्तानको समाचार एजेन्सी एपिपी न्युजले मंगलबार समाचारमा उल्लेख गरेको छ । अब्बासीले सबैसँगको भेटमा चीनको सहुलियत ऋणमा निर्माणाधीन चीन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)ले यो क्षेत्रकै कायापलट गर्ने दाबी प्रस्तुत गरेका छन् । तर, सिपेकको अनुभव नेपाललाई काम नलाग्ने नेपाली अधिकारीको भनाइ छ ।

सोमबार दुई प्रधानमन्त्रीबीचको वार्तामा सिपेक, चीनले घोषणा गरेको वान बेल्ट वान रोड परियोजनाबारे छलफल भएको छ । नेपालले गत वर्ष ओबिओआरमा सहभागी हुने निर्णय गरेको छ । अब्बासीले सिपेक ओबिओआरको सदृश्य र उल्लेखनीय परियोजना भएको तथा यसले सडकमार्ग, ग्वादर एयरपोर्ट, इकोनोमिक फ्रिजोन, ऊर्जा उत्पादन परियोजनामा जोड दिएको ओलीसँग बताएका थिए ।

अब्बासीले सिपेकका सम्बन्धमा आफ्नो अनुभव र ज्ञान नेपाललाई सेयर गर्न पाकिस्तान सदा तत्पर रहेको पनि उल्लेख गरेका थिए । उनले तुर्कमेनिस्तान–अफगानिस्तान–पाकिस्तान–भारत ग्यास पाइपलाइन परियोजनाबारे पनि प्रधानमन्त्री ओलीलाई बताएका थिए ।

उनले पाकिस्तान–नेपाल व्यापार परिषद्लाई सक्रिय बनाउनुपर्नेमा पनि जोड दिएका थिए । पाकिस्तानका विभिन्न क्षेत्रमा लगानीका लागि उनले नेपाली लगानीकर्तालाई आह्वान पनि गरे । पाकिस्तान सन् २०१६ नोभेम्बरमा सार्क सम्मेलन गर्न तयारी अवस्थामा रहेको उल्लेख गरे । प्राथमिकताका आधारमा सम्मेलन चाँडै गर्नुपर्नेमा उनको जोड थियो ।

कास्मिरबारे के चर्चा भयो ?
पाकिस्तानी सरकारी सञ्चारमाध्यमले ओली र अब्बासीबीच सोमबार भएको एक घन्टा लामो वार्तामा भारतशासित कास्मिर र त्यहाँ मानवअधिकार उल्लंघन भनिएको विषयमा छलफल भएको जिकिर गरेको छ । ‘दुई नेताबीच कास्मिर इस्यु तथा भारतशासित जम्मु–कास्मिरमा भएको मानवअधिकार उल्लंघनको विषयमा छलफल भएको छ,’ एपिपीले लेखेको छ । तर, परराष्ट्रका अधिकारीले पाकिस्तानका प्रधानमन्त्रीले विषय उठान गरेको, तर नेपालका तर्फबाट यसमा कुनै जवाफ नदिइएको बताए । ‘कास्मिरका विषयमा हामीले छलफल गरेका होइनौँ, त्यसमा नेपाल मुछिन चाहँदैन,’ परराष्ट्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘शान्तिपूर्ण वार्ता र संवादका माध्यमबाट समस्या समाधान हुनुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता छ ।’ पाकिस्तानी सञ्चारमाध्यमले प्रचण्डसँगको भेटमा पनि कास्मिरबारे छलफल भएको जनाएको छ ।

राष्ट्रपतिलाई निम्तो
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तामा पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपाललाई उच्च महत्व दिएको बताएका थिए । ‘हामी नेपाललाई उच्च महत्व दिन्छौँ, सरकार र जनताको स्तरमा सम्बन्ध थप मजबुत बनाउन चाहन्छौँ,’ शीतलनिवासमा मंगलबार बिहान अब्बासीले भने । पाकिस्तान र नेपालबीचको दुईपक्षीय व्यापार अहिले ५० लाख अमेरिकी डलरमा सीमित रहेको भन्दै अब्बासीले यसलाई बढाउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले राष्ट्रपतिलाई पाकिस्तानका राष्ट्रपतिले पठाएको निमन्त्रणा पनि हस्तान्तरण गरेका छन् ।

सार्क सचिवालयमा वृक्षरोपण
अब्बासीले सल्लो वृक्ष रोपेपछि आयोजित कार्यक्रममा पाकिस्तान सार्क प्रक्रिया अघि बढाउन प्रतिबद्ध रहेको बताए । सार्क बडापत्रमा पाकिस्तान प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

सार्क सचिवालयमा यसअघि श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपक्षले सल्लाको बिरुवा रोपेका थिए भने त्यसपछि अब्बासीले मंगलबार रोपेका छन् । सार्क सचिवालयका महासचिव मोहम्मद अमजद हुसेन बी सियालले वृक्षरोपणको प्रबन्ध मिलाएका हुन् । सियालले प्रधानमन्त्री अब्बासीलाई सोमबार अपराह्न भेटेर निमन्त्रणा दिएका थिए । सोमबार राति सीमित पत्रकारसँगको अनौपचारिक अन्तत्र्रिmयामा अब्बासीले यो जानकारी दिएका थिए ।

प्रचण्डसँग अब्बासीले के भने ?
होटेल हायातमा भएको भेटमा अब्बासीले माओवादी अध्यक्ष प्रचण्डसँग नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताए । उनले दक्षिण एसियामा शान्ति र समृद्धिका पक्षमा पाकिस्तान र नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अब्बासीले व्यापार र पर्यटनमा पाकिस्तानले नेपाललाई सहयोग गर्ने पनि उल्लेख गरे । उनले दक्षिण एसियाको मुख्य चुनौती र साझा शत्रु आतंकवाद रहेको उल्लेख गरे । पाकिस्तान सार्कको शिखर सम्मेलन गर्ने तयारी अवस्थामा रहेको पनि उनको भनाइ थियो ।

प्रचण्डले दक्षिण एसियामा शान्ति, समृद्धि र स्थायित्वका लागि सार्कको भूमिका उल्लेखनीय हुने उल्लेख गरेका थिए । उनले आतंकवाद, जलवायु परिवर्तन, प्रकोप, लागुऔषध तस्करीजस्ता मुद्दामा नेपाल र पाकिस्तानबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।

प्रतिपक्षी नेतालाई किन भेटेनन् ?
पाकिस्तानी प्रधानमन्त्री अब्बासीेले प्रधानमन्त्री ओली र सत्ता गठबन्धनका नेता प्रचण्डसँग भेटवार्ता गरे पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग भेटवार्ता गरेनन् । सोमबार प्रधानमन्त्री ओलीले आयोजना गरेको रात्रिभोजमा पनि देउवा गएनन्, बरु कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई पठाए । अब्बासी र गच्छदारबीच रात्रिभोजमा लामो अनौपचारिक कुराकानी भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो स्तन रसदार छन्, खरबुजाजस्तै या अरू केही..
मेरो स्तन रसदार छन्, खरबुजाजस्तै या अरू केही..
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
एसइईमा ‘होम सेन्टर’ परिवर्तनले कर्णालीका परीक्षार्थी मर्कामा
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रेमी सौगातको जन्मदिन मनाइरहेकै बेला दराज खसेर नायिका सृष्टि श्रेष्ठ घाइते, नर्भिक अस्पतालमा उपचार हुँदै
प्रधानमन्त्री ओलीका चीन भ्रमणका एजेण्डाहरु !
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
सभामुख कृष्णबहादुर महरालाई घोराही उपमहानगरको भव्य सम्मान
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
राजनितिक तरङ्ग:प्युठानमा बावु छोराबीचमै यस्तो प्रतिस्पर्धा
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
प्रतिनिधिसभा बैठक लगातार अवरोध, निकासबारे कांग्रेस सांसदहरू अनभिज्ञ
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
नीति तथा कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीसँग सुझाब माग्दै प्रधानमन्त्री ओली
कात्तिक ७ गते विहिबारको राशिफल यस्तो छ
सय माथिका भारु फेरि चलाउने तयारी
सय माथिका भारु फेरि चलाउने तयारी