आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
१९ पटक हेरिएको
Shares
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री

सारांश

  • ४ असोज, काठमाडौं ।
  • आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का मात्रै नभएर अन्य मानिसहरुको पनि सलंग्नता भएकाले सबैलाई कारवाही गर्ने बताएका छन् ।
  • उनले यसबारे सुक्ष्म अध्ययन गरिरहेको बताए ।

४ असोज, काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा निगमका कार्यकारी निर्देशक गोपाल खड्का मात्रै नभएर अन्य मानिसहरुको पनि सलंग्नता भएकाले सबैलाई कारवाही गर्ने बताएका छन् ।

उनले यसबारे सुक्ष्म अध्ययन गरिरहेको बताए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘जग्गा खरिद प्रकरणमा चरम भ्रष्टाचार भएको छ, यसबारे हामी थप अनुसन्धान सुरु गर्छौं, यसको सम्पूर्ण तयारी भैसकेको छ ।’

साक्षात्कारमा मन्त्री मण्डलले भने, ‘म कसैको नाम र कुनै पार्टीको नाम लिन चाहन्नँ, कानुनले दोषी ठहर भएका कुनै व्यक्तिलाई मन्त्रीको हैसियतमा म छोड्दिनँ, धेरै मान्छेको प्रत्यक्ष संलग्नता रहेको र केही ठूला व्यक्तिहरुको पनि हात रहेको सूचना पाएको छु, त्यसैले यस काण्डमा दोषी भेटिएका जोसुकैलाई कानुन अनुसार कारबाही गर्ने विश्वास दिलाउँछु ।’

उनले भने, ‘झापाका जग्गाधनीले मलाई भेटेर भन्नुभएको छ, सुरुमा २ लाख ५० हजार, ३ लाख र ३ लाख ५० हजार मूल्यमा बिक्री गरेको कुरा उहाँहरुले मलाई भन्नुभएको छ, सुक्ष्म अध्ययन र अनुगमन सुरु गरेका छौँ, जोसुकै यस भ्रष्टाचारमा पर्छ त्यो व्यक्तिलाई कारबाही हुन्छ, कसैलाई पनि छोडिने छैन ।’

त्यस्तै खाद्यान्नमा मूल्य नियन्त्रण गर्न कुनैपनि कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाए ।

उपभोक्ताको माग अनुसार मन्त्रालय अन्तर्गतका संस्थानहरुले सुपथ मूल्यका पसलहरु अहिले सञ्चालन गरेको जानकारी दिँदै मन्त्री मण्डलले भने, ‘सरकार नभएको जसरी मूल्य बढाउने, कानुनको पालना नगर्ने, राज्यलाई कर नर्तिने त्यस्ता व्यवसायीहरुलाई मन्त्रालयले कानुन छ भन्ने अनुभुत गर्नको लागि निरन्तर अनुगमन गर्नेछ, यो अनुगमनलाई मौसमी भनेर कसैले सोच्छ भने त्यो भम्र हो, जनताको पक्षमा निरन्तर काम गर्ने भनेर नै हामीले जिम्मेवारी सम्हालेका हौं ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Ram Giri

    Jo sukay ho pm pani kina na hosh xadnu huna hajur

    Comment Author

    Raju Dahal

    Hajur jasto minister dui chhar jana hune ho bhane hamro desh sunder desh nepal hunthyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?