झलनाथ खनालले भने, ‘कम्युनिष्ट पार्टीभित्र म अन्यायमा परें’
सारांश
- काठमाडौं, ८ जेठ – नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकतापछि आफूमाथि अन्याय भएको बताएका छन् ।
- नेकपाको वैठकमा बरिष्ठ नेताहरुको बीचमा खनालले बरियताक्रममा अन्याय भएको बताएका हुन् ।
- नेकपाले बनाएको बरियताक्रमलाई सच्चाउन उनले आग्रह गरेका छन् ।
काठमाडौं, ८ जेठ – नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टी एकतापछि आफूमाथि अन्याय भएको बताएका छन् । नेकपाको वैठकमा बरिष्ठ नेताहरुको बीचमा खनालले बरियताक्रममा अन्याय भएको बताएका हुन् ।
नेकपाले बनाएको बरियताक्रमलाई सच्चाउन उनले आग्रह गरेका छन् । उनले आफूलाई अन्याय परेकाले बरियताक्रम सच्चाउन भनेका हुन् । एमाले र माओवादी केन्द्रको एकतापछि कम्युनिष्ट पार्टीमा दुईजना अध्यक्षपछि दोस्रो बरियता माधवकुमार नेपाललाई राखिएको छ । त्यसमा खनालले असन्तुष्टि व्यक्त गरेका हुन् ।
‘म माथि वरियताक्रममा भएको अन्यायबारे खुलेर कुरा राखेको छु । अहिले बनाइएको बरिताक्रम मलाई मान्य छैन, उनले भने ।
नेकपाभित्र पुनर्विचार गरेर सच्याउन समेत आग्रह गरेको उनले बताए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अर्को बैठकमा बरियताक्रमको विषयमा पनि छलफल हुने खनाललाई आश्वस्त पारेका थिए ।
Arjun Tiweari
Para mara hun6
Tanka Giri
पद भनेको पछि मिलाउदै जान मिल्छ कम्रेड अहिले पदमा अल्मलिने समय छैन देश बिकास गर्न पदको आवस्यक पर्दैन सरकारलाइ पद बिहिन भएर पनि सहयोग गर्ने बानी बसाल्नुस