२७ सय २२ कोरोना संक्रमित थपिए
सारांश
- काठमाडौं, १६ असोज ।
- नेपालमा आज कोरोना भाइरसका २७ सय २२ जना संक्रमित थपिएका छन् ।
- यो २४ घन्टाभित्र थपिएको अहिले सम्मकै सर्वाधिक सख्या हो ।
काठमाडौं, १६ असोज । नेपालमा आज कोरोना भाइरसका २७ सय २२ जना संक्रमित थपिएका छन् । यो २४ घन्टाभित्र थपिएको अहिले सम्मकै सर्वाधिक सख्या हो । योसंगै कुल संक्रमितको सख्या ८२ हजार ४ सय ५० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।
आजसम्म ६० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् । आज ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया