कतारको दुखेको घाउमा इरानले लगायो मल्हम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ९, २०७४
|
|
१७ पटक हेरिएको
Shares
कतारको दुखेको घाउमा इरानले लगायो मल्हम

सारांश

  • साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइन लगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ ।
  • ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए ।
  • सम्बन्ध विच्छेद गरेका देशहरुको आरोपलाई कतारले भने अस्विकार गरेको छ ।

साउदी अरव, संयुक्त अरव इमरेट्स र बहराइन लगायतका कतारसँग सम्वन्ध तोडेका देशहरुले भने यो सहयोगलाई अतिवादीहरु प्रतिको सहयोगको रुपमा लिएको फार्स समाचार समितिले बिहीबार जनाएको छ ।
ती देशहरुले गत जुन ५ देखि कतारसँग सम्वन्ध विच्छेद गरेका थिए । सम्बन्ध विच्छेद गरेका देशहरुको आरोपलाई कतारले भने अस्विकार गरेको छ ।
इरान साउदी अरबको कडा आलोचक हो । इरानको बौशेहर प्रान्तका निर्देशक मोहम्मद मेहदी बोन्चारीले तेहरानले कतारका लागि दैनिक ११ हजार खाद्यपदार्थ पैठारी गरेको बताउनु भएको फार्सले जनाएको हो । इरानले इमिरेट्सलाई पनि खाद्यान्न पठाएको छ ।
जुन ११ तारिखका दिन राष्ट्रिय वायु सेवाले कतारलाई पाँच वटा जहाजमा तरकारी पठाएको एएफपीलाई बताएको थियो ।
त्यही दिन ईरानले ६६ टन मासु र विभिन्न जनावरहरु पनि कतार पठाएको फार्सले जनाएको छ । त्यसपछि पनि ९० टन मासु कतार पठाइएको छ ।
कतारको हवाइ सेवाले साउदी अरब, यमन र बहराइनले आफ्नो आकाशसमेत कतारी विमानलाई नदिने बताएपछि केही उडानलाई रुट परिवर्तन गरी इरानको बाटो भएर कतार ल्याएको थियो । यसले इरानी आकाशमा १७ प्रतिशतले ट्राफिक वृद्धि भएको छ ।
इरानले विवाद अन्त्य गर्न कतार र खाडी मुलुकका छिमेकी देशहरुका बीचमा सम्वादको आवश्यकता रहेको बताउदै आएको छ ।
इरानका विदेश मन्त्री मोहम्मद जाभाद जरिफले कतार विरुद्धको नाकाबन्दी जस्ता खाडी मुलुकसँगको विवाद दीर्घकालका लागि समाधान गर्न एउटा स्थायी संयन्त्र बनाउन आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !
चिनियाँ नाका रसुवागढी जोड्ने  सडकमार्ग सञ्चालनमा !
चिनियाँ नाका रसुवागढी जोड्ने सडकमार्ग सञ्चालनमा !
१३औँ साग : डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक
१३औँ साग : डुवाथोलनमा नेपाललाई एक स्वर्ण र दुई रजत पदक
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद् बैठक सुरु
चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री लोप हुँदै
चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री लोप हुँदै
कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित
कास्की २ मा एमालेकी विद्या भट्टराई निर्वाचित
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
एमएच ३७० विमान दुर्घटना सम्बन्धि प्रतिवेदन् सार्वजनिक, परिवारजन निराश
सेयर बजारमा गिरावट मंगलबारको कारोबार दोहोरो अंकले घट्यो
सेयर बजारमा गिरावट मंगलबारको कारोबार दोहोरो अंकले घट्यो
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
केपी ओलीको पक्षमा उपेन्द्र यादव, यसो भने ?
चुनावमा बम विस्फोट गराउने विप्लव कार्यकर्ताले पाए सफाई
चुनावमा बम विस्फोट गराउने विप्लव कार्यकर्ताले पाए सफाई

तपाईंले छुटाउनुभयो कि?