जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
४१ पटक हेरिएको
Shares
जितेर आँए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न मिल्दैन: जनार्दन शर्मा

सारांश

  • काठमाडौँ,१४ असार ।
  • नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पुर्व गृहमन्त्री जनार्दन शर्माले निर्वाचनमा जितेर आए भन्दैमा ढुक्क भएर बस्न नमिल्ने बताएका छन् ।
  • बुधबार “राष्ट्रिय संबाद नेपालमा महिला तथा युवा नेतृत्व” कार्यक्रममा बोल्दै शर्माले यस्ताे बताएका हुन।

काठमाडौँ,१४ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् पुर्व गृहमन्त्री जनार्दन शर्माले निर्वाचनमा जितेर आए भन्दैमा ढुक्क भएर बस्न नमिल्ने बताएका छन् ।

बुधबार “राष्ट्रिय संबाद नेपालमा महिला तथा युवा नेतृत्व” कार्यक्रममा बोल्दै शर्माले यस्ताे बताएका हुन।

उनले भने, जनताले तपाइहरुको आलोचना गरेपनि,प्रशंसा गरेपनि, दु:ख को कुरा गरे पनि सुन्नुपर्छ । जनताले आफ्नोे दु:ख कष्ट हामीले सुन्छौ भनेर नै यहा सम्म पुर्याएका हुन् । त्यसैले हामीले सर्बप्रथम उनिहरुको कुरा सुन्नु पर्छ ।

कार्यक्रममा बोल्दै शर्माले भने,हामी जितेर आयौ भन्दैमा ढुक्क हुनुहुदैन,। हामी जनताको लागि केहि गर्न आएका हौ र केहि गर्न सक्नुपर्छ,अनिमात्रै जनताले विश्वास गर्न सक्छन् ।  जितेर आए मेयर भए,सांसद भए भन्दैमा चुप लागेर बस्न नमिल्ने बताए ।

हामी सबै जनतासँग मिलेर अगाडी बढ्नु पर्छ,अनि मात्रै हामी जनतासँग नजिक हुन्छौ,अन्यथा हामी जनताबाट टाढा हुन्छौ शर्माले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?