झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति

सारांश

  • काठमाडौं, ६ बैशाख ।
  • नेपाल पत्रकार महासंघ र हिमालय टेलिभिजन प्रालिबीच ३ बुँदे सहमति भएको छ ।
  • हिमालय टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार÷कर्मचारीहरुको हकहित, सेवा, शर्त र सुविधाका विषयमा आज सहमति भएको हो ।

काठमाडौं, ६ बैशाख । नेपाल पत्रकार महासंघ र हिमालय टेलिभिजन प्रालिबीच ३ बुँदे सहमति भएको छ । हिमालय टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकार÷कर्मचारीहरुको हकहित, सेवा, शर्त र सुविधाका विषयमा आज सहमति भएको हो ।

दुई पक्षबीच बिहीवार भएको वार्तापछि सहमति भएको महासंघका केन्द्रीय सदस्य एवं श्रमजीवी पत्रकार हित प्रवद्र्धन समितिका सहसंयोजक जन्मदेव जैसीले जानकारी दिए । महासंघको तर्फबाट महासचिव रमेश विष्ट र टेलिभिजनको तर्फबाट कार्यकारी निर्देशक च्याङ अग्रवालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीहरुलाई श्रमजीवी पत्रकार ऐन २०५१, नियमावली– २०६४ मा भएको व्यवस्थाअनुसार स्थायी, तहगत वर्गीकरण अनुसारको पारिश्रमिक, बिदा, उपदान, संचयकोष लगायतका सेवा शर्त तत्काल उपलब्ध गराउन टेलिभिजन सहमत भएको छ । त्यस्तै २०७५ जेठ महिनाभित्रै २ सय ४० दिन काम गरिसकेकाहरुलाई स्थायी नियुक्ति प्रदान गर्ने र आगामी साउन १ गतेदेखि संचयकोष उपलब्ध गराउने सहमति पनि टेलिभिजन र महासंघबीच भएको छ ।

हिमालय टेलिभिजनबाट हटाइएकी पत्रकार सन्ध्या केसी (विमला) लाई सेवामा निरन्तरता दिइसकेको सन्दर्भमा पूर्ववत जिम्मेवारी दिई पाउनुपर्ने पारिश्रमिक तथा सेवा सुविधा दिन पनि टेलिभिजन सहमत भएको छ । सहमतिपत्रमा सहमति कार्यान्वयन नभएको पाइएमा नेपाल पत्रकार महासंघ पुनः व्यवस्थापन पक्षसँग वार्ता र सम्वाद गरी आवश्यक कदम अगाडि बढाइने उल्लेख गरिएको छ ।

महासंघले बुधबार मात्रै श्रमजीवी हित प्रवद्र्धन समितिको नेतृत्वमा हिमालय टेलिभिजनमा पहिलो चरणमा कालो ब्यानर टाँसेर सांकेतिक विरोध कार्यक्रम गरेको थियो । श्रमजीवी पत्रकारको अधिकारका लागि उक्त प्रतिष्ठानमा कालो ब्यानर टाँसेर विरोध कार्यक्रम सुरु गरिएपछि विहीवार वार्ता भएको समितिका सहसंयोजक जैसीले बताए । विहीबारको वार्तामा महसंघका महासचिव रमेश विष्ट, श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहाल, सहसंयोजक जन्मदेव जैसी, यम विरही र टीकाराम प्रधान सहभागी थिए ।

(https://uniforumtz.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?