यसरी चलाउनुहाेस माेबाइल

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १ मंसिर ।
  •  माेबाइल जीवनकाे अभिन्न अंग जस्तै बनेकाे छ ।
  • मोबाइलको प्रयोगले सुविधासँगै समस्या पनि निम्त्याएको छ ।

काठमाडौं, १ मंसिर । माेबाइल जीवनकाे अभिन्न अंग जस्तै बनेकाे छ । मोबाइलको प्रयोगले सुविधासँगै समस्या पनि निम्त्याएको छ । मोबाइल सेटबाट निस्कने रेडिएसनले स्वास्थ्यलाई असर पुर्‍याइरहेको वैज्ञानिकहरूको निष्कर्ष छ । यस्तो असरबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा कैयौं अध्ययन र अनुसन्धान भएका छन् । तर, स्पष्ट जवाफ अझैं आएको छैन ।

विश्वभर मोबाइलको प्रयोग र क्यान्सरको सम्बन्धमा अनुसन्धानहरू भइरहेका छन् । यसमा विभिन्न खाले मत आउने गर्दछ । केही अध्ययनले मोबाइल फोनले उत्सर्जित गर्ने रेडियो फ्रिक्वेन्सी र निश्चित स्वास्थ्य समस्या, विशेष ब्रेन ट्युमरबीच सम्बन्ध नपाइएको बताएका छन् भने केही अध्ययनले सीधा सम्बन्ध रहेको बताउँछन् । मोबाइलको रेडिएसन एक्स–रे र पराबैजनी विकिरणको तुलनामा कम शक्तिशाली हुन्छ । एक्स–रे र पराबैजनी विकिरणले हाम्रो डिएनएमा भएका रासायनिक बन्डलाई फुटाउने क्षमता राख्दछन् । अमेरिकी क्यान्सर सोसाइटीका अनुसार मोबाइलबाट निस्कने विकिरणले हाम्रो डिएनएमै परिवर्तन ल्याउनचाहिँ सक्दैन । त्यसैले मोबाइलबाट निस्कने विकिरणले क्यान्सरजस्तो रोग उत्पन्न गराउँदछ भनिहाल्न मिल्दैन । तर, कुन फोनबाट कति रेडिएसन निस्कन्छ भनेर पत्ता लगाउन एसआरको मापदण्ड बनाइएको छ । यसको आधारमा मानव शरीरमा पर्ने असरबारे थाहा पाउन सकिन्छ ।

रेडियो फ्रिक्वेन्सीले सामान्यतया फोन कल आउँदा बढी असर गर्ने भएकाले मोबाइल सकेसम्म टाउकोभन्दा टाढा राख्नुपर्दछ । लाउड स्पिकर अथवा इयरफोनको प्रयोगद्वारा पनि हामी रेडिएसनको असरबाट बच्न सक्छौं ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?