एक सातामैं अर्का युवकको पनि शङ्कास्पद मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १५, २०७७
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • वीरगंज, १५ मङ्सिर ।
  • सखुवाप्रसौनी गाउँपालिकामा मङ्सिर ६ गते एकजना युवकको शङ्कास्पद मृत्युको रहस्य सुल्झिन नपाउँदै आइतवार अर्का एकजना युवकको शङ्कास्पद मृत्यु भएको छ ।
  • सखुवाप्रसौनी गापा–३ पश्चिमटोल लालकटैयामा ४० वर्षीय जैनुल हक अन्सारी पोखरीमा मृत फेला परेका हुन् ।

वीरगंज, १५ मङ्सिर । सखुवाप्रसौनी गाउँपालिकामा मङ्सिर ६ गते एकजना युवकको शङ्कास्पद मृत्युको रहस्य सुल्झिन नपाउँदै आइतवार अर्का एकजना युवकको शङ्कास्पद मृत्यु भएको छ । सखुवाप्रसौनी गापा–३ पश्चिमटोल लालकटैयामा ४० वर्षीय जैनुल हक अन्सारी पोखरीमा मृत फेला परेका हुन् । खेतमा काम गर्ने मानिसहरूले बस्तीदेखि दुई किलोमिटर टाढा पोखरीमा मानिसको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इप्रका पटेर्वासुगौलीले पोखरीबाट शव निकालेको थियो । उक्त शव अन्सारीको भएको प्रहरीले पुष्टि गरेको छ । परिवारजनले मृतक अन्सारी सुस्त मनस्थितिको भएको र उनको उपचार भइरहे पनि तीन दिनदेखि सम्पर्कविहीन भएको र त्यसअघि दुई दिनसम्म औषधि सेवन नगरेको र सोही कारणले पोखरीमा डुबेर मृत्यु भएको हुन सक्ने बताएका छन् । अन्सारीलाई औषधि सेवन नगर्दा छारेरोगको पनि समस्या रहेको परिवारजनले बताए ।

यसैबीच, मङ्सिर ६ गते शङ्कास्पद मृत्यु भएको सखुवाप्रसौनी गापा–२ पुरैना दहिनबीका ३० वर्षीय युवक सन्तोष यादवको मृत्यु सम्बन्धमा प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ । युवक यादवका पिता जवाहिरराउत अहिरले छोरा घरनजीकको रूखमा झुन्डिएको अवस्थामा फेला परेको र आपूmले डोरी काटेर बचाउन खोजेको बयान दिएको आधारमा प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो । प्रहरीले पुतलालाई डोरीमा झुन्ड्याएर अहिरलाई डोरी काट्न लगाएको थियो । तर उनी तीनपटकसम्म असफल रहे ।

प्रहरीले यो अनुसन्धान र यसअघिका अनुसन्धानमा अहिर दोषी देखिएको बताएका छन् । उनले भनेका कुराहरू मेल नखाएका कारण छोरा सन्तोष यादवले आत्महत्या नगरी उनको हत्या भएको अनुमान प्रहरीको छ । सन्तोषका पिता जवाहिरले पहिलो पत्नीको मृत्युपछि दोस्रो बिहे गरेका थिए । सौतेली आमा र सौतेला भाइले खान नदिने, यातना दिने, घरमा बस्न नदिने जस्ता कार्य गरेको स्थानीयहरूले बताएका छन् । सन्तोषको मृत्युपछि प्रहरीले सौतेली आमा र दुई भाइलाई पक्राउ गरेको थियो । हाल उनीहरूलाई अनुसन्धानको क्रममा हाजीर जमानीमा छाडेको छ । सन्तोषका मामाले प्रहरीमा निवेदन दिएर घटनाको अनुसन्धान गर्न माग गरेपछि प्रहरीले यस सम्बन्धमा अनुसन्धान अगाडि बढाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ
रञ्जु दर्शनाको विषयमा भ्रामक समाचार छापेको आरोपमा अर्का अनलाइन सञ्चालक पक्राउ
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
चर्खाबाट ऊन काटेर आम्दानी बढाउँदै महिला
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
च्याम्पियनसिप फुटबलमा नेपालद्वारा बंगलादेश ४–२ गोलले पराजित
गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
गठबन्धन बैठक: दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने तयारी
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
राजपाका सहमहामन्त्रीको धम्कि: नेपालको नाम-नक्सा सबै परिवर्तन गरिदिन्छौं (भिडियाे सहित)
पेट्रोल र डिजेलको मूल्य घट्यो
पेट्रोल र डिजेलको मूल्य घट्यो
उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन : कानुनमन्त्री
द्वन्द्व हुँदा ‘क्रिमिनल जष्टिस् सिष्टम’ ले काम गर्दैन : कानुनमन्त्री
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने छ पालिकाको निर्णय
त्रिवेणी समूहबाट २२ वर्षदेखिको कर असुल्ने छ पालिकाको निर्णय

तपाईंले छुटाउनुभयो कि?