प्रचण्डलाई नेकपामा कमजोर पार्न को को लागि परेका छन् ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ३, २०७६
|
|
३४ पटक हेरिएको
Shares
प्रचण्डलाई नेकपामा कमजोर पार्न को को लागि परेका छन् ?

सारांश

  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनैपनि हालतमा एकल अध्यक्षको नेतृत्व गर्न नदिने र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्न नदिने उद्देश्यसहित युवा नेताहरुले आन्तरिक गृहकार्य थालेका छन् ।
  • स्रोतका अनुसार यसको लागि उनीहरुले लगातार छलफल चलाईरहेका छन् ।
  • पछिल्लो समय अध्यक्ष प्रचण्डले आफूलाई अधिकार दिन ओलीले आनाकानी गरेको र कमजोर बनाउने षड्यन्त्र भैरहेको भनेर अभिव्यक्ति दिएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनैपनि हालतमा एकल अध्यक्षको नेतृत्व गर्न नदिने र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीपछि प्रधानमन्त्री बन्न नदिने उद्देश्यसहित युवा नेताहरुले आन्तरिक गृहकार्य थालेका छन् । स्रोतका अनुसार यसको लागि उनीहरुले लगातार छलफल चलाईरहेका छन् ।

पछिल्लो समय अध्यक्ष प्रचण्डले आफूलाई अधिकार दिन ओलीले आनाकानी गरेको र कमजोर बनाउने षड्यन्त्र भैरहेको भनेर अभिव्यक्ति दिएका छन् । त्यतिमात्रै होईन, पार्टी एकताको बेला भएको आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी पनि कार्यान्वयन नहुनेमा प्रचण्डको आशंका छ । ओलीले आफूलाई पेलेर जान खोजेको प्रचण्डको गुनासो छ । त्यसैले यो बीचमा उनले सचिवालय सदस्य तथा वर्तमान सरकारका उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई उनकै निवासमा पुगेर भेटे ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले भने आफूपछिको उत्तराधिकारीको रुपमा नेता पोखरेललाई नै अघि सार्ने रणनीति बुनेका छन् । ओली कुनैपनि हालतमा प्रचण्डलाई पार्टी वा सरकार दुवै हस्तान्तरण गर्न चाहँदैनन् । हुन त उनले प्रचण्डसँग अढाई वर्ष आफू र अर्को अढाई वर्ष प्रचण्डले सरकार चलाउनेगरि समझदारी गरेका थिए । तर, पछिल्लो समय प्रचण्डले सार्वजनिक कार्यक्रममै उक्त भद्र सहमतिको बारेमा बोलेकोले जसरी भएपनि प्रचण्डलाई सरकारको नेतृत्व नदिने उनको रणनीति ।

पार्टीको एकता महाधिवेशनमा पनि प्रचण्डको विरुद्धमा आफू नउठे नेता पोखरेललाई उठाउने उनको तयारी छ । स्रोतले भन्यो,‘ओली पक्षका नेताहरु अहिले प्रचण्डलाई पार्टी र सरकार दुवैको नेतृत्व तहमा पुग्नबाट रोक्नेगरि गृहकार्यमा जुटेका छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?