सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २१, २०८२
|
|
२६ पटक हेरिएको
Shares
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल

सारांश

  • काठमाडौं ।
  • जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ ।
  • हिजोमात्रै अलायन्सले विज्ञप्ती जारी गर्दै तत्काल पदबाट राजीनामा दिन भनेर अख्तियार प्रमुखलाई भनेको थियो ।

काठमाडौं । जेन–जी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख प्रेमकुमार राईको राजीनामा मागेको छ । हिजोमात्रै अलायन्सले विज्ञप्ती जारी गर्दै तत्काल पदबाट राजीनामा दिन भनेर अख्तियार प्रमुखलाई भनेको थियो । आज भने अलायन्सको नेतृत्वमा जेनजी युवाहरु अख्तियार कार्यालय पुगेका छन् ।

उनीहरुले अख्तियार प्रमुख राईको राजीनामा मागेका छन् । अहिले टंगालस्थित् रातोघरमा बाक्लो प्रहरी परिचालन गरिएको छ । उता, हामी नेपालीका संयोजक सुदन गुरुङले भने तत्काल पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखकसहितलाई पक्राउ गर्न दबाब दिएको छ ।

हिजो राति अबेरसम्म काठमाडौं प्रहरी परिसरमा सुदनको टोलीले जाहेरी दर्ता गर्न दबाब दिएको थियो । तर, प्रहरीले प्रधानमन्त्रीको लिखित निर्देशन आएमात्रै अघि बढ्न सकिने जवाफ दिएको थियो । सुदनको टोलीले राति अबेरसम्म गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो । सुदनले हिजोदेखि नै सामाजिक सञ्जालमा एरेष्ट केपी ओली, अरेष्ट रमेश लेखक र मडर्रर भनेर क्याम्पेन चलाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?